यही आउदो भदौ दोस्रो साता बेनी नगरपालिका ५ चुत्रेनीमा महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । चुत्रेनीमा रहेको द मुनसुन युवा क्लबको आयोजनामा मुनसन कप खुल्ला ९ए साइड खुल्ला पुरुष तथा ५ए साइड महिला फुटबल प्रतियोगिता हुने भएको हो ।
भदौ १० देखि १५सम्म हुने प्रतियोगिताको पुरुष तर्फ पहिलो हुनेले एक लाख नगद साथै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोश्रो हुनेले ५० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लब अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसासित टिमलाई १० हजार, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उच्च खोलकर्ता र राइजीङ प्लेयरलाई नगद दुई हजार सहित ट्रफि प्रदान गरिने छ ।
त्यस्तै सोही अवसरमा ३० वर्ष भन्दा माथिल्लो उमेर समूहको पुरुष तथा महिला ५ए साइड फुटबल समेत आयोजना गरिएको छ । महिला फुटबलमा बिजयी हुने टिमले नगद २२ हजार दुई सय २२ र उपविजेताले ११ हजार १ सय ११ नगद प्राप्त गर्नेछन् ।
मुनसुन युवा क्लवले आयोजना गरेको खेललाई अनुसासित र मर्यादीत बनाउने जनाएको छ । खेलका दौडान अमर्यादित क्रियाकलाप गरेको खण्डमा प्रदान हुने रातो कार्ड वापत दुई सय र पहेँलो कार्ड वापत एक सय रुपैया जरिवाना लाग्ने समेत क्लबले जनाएको छ ।
