---Advertisement---

मोना म्याग्दीले किसानलाई पनि लगानी गर्ने

On: July 22, 2025 5:12 PM
Follow Us:

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा लैजान स्थापित मोना म्याग्दी डेभलपमेन्ट कम्पनीले म्याग्दीका किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने गरी माटो सुहाउँदो उत्पादनका लागि विउँपुँजी दिने जनाएको छ ।


म्याग्दीमा उत्पादन हुने अर्गानिक बस्तुलाई मोनाको ब्रान्डमा विश्वबजारमा लैजाने गरी बेनी नगरपालिका–८,गणेशटोलमा संकलन तथा बिक्री केन्द्र सञ्चालन सँगै आफ्नो उत्पादन मोनालाई बिक्री गर्ने किसानको आवश्यकता तथा प्रोत्साहनका लागि सर्तसहित लगानी गर्ने कम्पनीमा सञ्चालक शिवकुमार बरुवालले बताउनुभयो । ‘अहिले हामीले संकलन सुरु गरेका छौ, विदेशबाट अर्डर समेत आउन थालेको छ, कृषकलाई लगानीका लागि समेत तयार छौ‘ सञ्चालक बरुवालले भन्नुभयो ।


किसानले उत्पादन गरेका अर्गानिक सामानलाई उचित मुल्य दिएर खरिद गर्ने, माटो सुहाउँदो उत्पादनका लागि विउँपुँजी दिने, विभिन्न तालिम तथा प्रोत्साहनका कार्यहरु समेत कम्पनीले गर्ने सञ्चालक बरुवालको भनाई छ । म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिहरुमार्फत कृषकसम्म पुगेर उत्पादन हुने साम्रागी खरिद गर्ने, लगानीको अभावमा बाँझो रहेको जमिनका बारेमा समन्वय गरी भाडामा लिएर खेती गर्ने, खेती गर्न चाहनेलाई सहयोग गर्ने तथा विभिन्न योजना सहित कम्पनी स्थापना गरिएको मोना अन्तराष्ट्रि«यका अध्यक्ष ददीवल खड्काले बताउनुभयो ।


अध्यक्ष खड्काले म्याग्दीका उत्पादन विश्वभर रहेका नेपालीमाझ पुर्याउन सुरु भएको कम्पनीले कृषकलाई आर्थिक रुपमा बलियो बनाउने, अर्गानिक बस्तुको उत्पादनका लागि चासो बढ्ने, उत्पादनलाई उचित मुल्य लिने बताउनुभयो । जापानमा रेष्टुरेन्ट सहित अर्गानिक पसल समेत सञ्चालन गर्नुभएका खड्काले सिस्नुको धुलो, ढकायो, भटमास,टिम्मुर संकलन भएको छ भने भटमास,भाँगो, मह, घ्यु, फापरको पिठो, गहत,मकै, च्याउ, पिठो (फापर,जौ, मकै र कोदोको), चामल,लगायत विभिन्न उत्पादनहरूमा विदेशीले समेत रुचाउने गरेको बताउनुभयो ।


हाल बेनीमा रहेको संकलन केन्द्रमार्फत नेपालका विभिन्न सहरमा समेत पुर्याउने लक्ष्य रहेको छ भने विश्वभर रहेका म्याग्देलीका मार्ट, एनआरएनमार्फत समेत अर्गानिक उत्पादनको बजारीकरण गरिने छ । कम्पनीमार्फत अर्गानिक, पर्यटन, जलविद्युत लगायत विभिन्न परियोजनाहरुमा लगानी गर्ने योजना बनाएकाले प्रवासी म्याग्देलीलाई सेयर सदस्य बनाउने, स्वदेशमा समेत इच्छुकलाई जोड्ने अध्यक्ष पुनको भनाई छ ।कम्पनीमा हाल मोना अन्तराष्ट्रि«यका संस्थापक अध्यक्ष तेजप्रकाश पुन अध्यक्ष, सञ्चालकहरुमा मोना अन्तराष्ट्रि«यका अध्यक्ष ददीवल खड्का, शिवकुमार बरुवाल, बिक्रम कार्की, राम खड्का रहेका छन् ।

Leave a Comment