---Advertisement---

एनआरएनए जापानको लेखा समिति संयोजकमा श्रेष्ठ निर्विरोध

On: July 22, 2025 5:23 PM
Follow Us:

एनआरएनए (जापान) २०२५–२०२७ कार्यकालका लागि म्याग्दीका सचिन श्रेष्ठ लेखा समितिको संयोजक पदमा निर्बिरोध निर्वाचित हुनुभएको छ । बेनी नगरपालिका वडा नं ८ क्याम्पसचोक घर भई हाल जापानमा रेष्टुरेन्ट ब्यवसायमा संलग्न मोना जापानका निर्वतमान अध्यक्ष समेत रहनुभएका श्रेष्ठ लेखा समितिमा निर्विरोध हुनुभएको मोना जापानका सल्लाहकार राम खड्काले बताउनुभयो।


एनआरएनएमा क्षेत्रीय कार्यसमिति हुदैं सन् २०१७–०१९ को केन्द्रिय सदस्य,२०१९–०२१ मा सर्वाधिक मत सहित केन्द्रिय सहकोषाध्यक्ष २०२१–०२३ मा केन्द्रिय सल्लाहकार समेत हुनुभएको थियो । मोना, एनआरएनए सहित अन्य नेपाली संघसंस्थामा आवद्ध रहनुभएका श्रेष्ठले लेखा समिति संयोजक जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदैं आगामी दिनमा पनि रचनात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो । एनआरएनए जापानको केन्द्रिय तथा क्षत्रीय समितिमा म्याग्देलीहरु समेत विभिन्न पदमा प्रतिस्पर्धा गरेका छन् ।

Leave a Comment