मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित कोवाङ–खन्ती–सौरु–सिर्कुङ जोड्ने कालीगण्ड नदीमाथि निर्माणधिन ‘सस्पेन्सन’ झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेर घाईते भएका यूवालाई उद्धार गरी हेलिकप्टरबाट थप उपचारका लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ ।

चामलको बोरा बोकेर जाँदै गरेको अवस्थामा झोलुङ्गे पुलबाट खसेर थासाङ गाउँपालिका–१ टुकुचे बस्ने २० वर्षीय युवक पेम्बा शेर्पा घाईते भएपछि प्रहरी चौकी कोवाङका प्रहरी सहायक निरीक्षक दिलबहादुर भण्डारीको नेतृत्वमा गएको प्रहरीको टोलीले उद्धार गरी प्राथमिक उपचार पश्चात थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी विकाश अधिकारीले बताउनुभयो ।

घाईते शेर्पाको खुट्टामा गम्भीर चोट लागेको छ । तत्कालै उद्धार तथा उपचारका लागि पठाइएकाले अहिले घाईते शेर्पा खतरामुक्त रहेको जानकारी आएको प्रहरी निरीक्षक अधिकारीको भनाई छ । बर्खाको समयमा अवातजावत गर्दा मानवीय क्षतीको जोखिम हुने भएकाले उक्त पुलमा कडाई गरिएको छ ।