म्याग्दीको बेनी नगरपालिका-७,पुस्तकालय चोकमा निमांणधिन अवस्थामा रहेको फल्चाको काम अन्तिम चरणमा पुगेको छ । बेनी सामुदायिक माविसँगै जोडिएको वडा कार्यालय अगाडी सार्वजनिक जग्गामा भक्तपुर जिल्लाका कालीगढ र इँटाको प्रयोग गरी १२ लाखको लागतमा प्राचिन मौलिकता झल्कने गरी विश्रामस्थलको ढलान र इट्टा हाल्ने काम सकिएको फल्चा निर्माण उपभोक्ता समितिका संयोजक कुविरकुमार श्रेष्ठले बताउनुभयो ।

करिब ३० जना एकैपटक बस्न मिल्ने विश्रामस्थलमा परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरी साउन महिनामै सम्पन्न गर्ने लक्ष्य रहेको छ । फल्चामा काठको काम गर्न बाँकी रहेको छ । बिश्रामस्थलमा विद्यार्थी, ग्रामिण क्षेत्रबाट आएका सर्वसाधारण तथा बृद्धबृद्धाहरुलाई सहज हुने वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।
बेनी बजारमा भक्तपुरबाटै ३ सयबर्ष अगाडी नेवार समुदायले पहिलो बस्ती विस्तार गर्नुभएको थियो । नेवा समुदाय बसाईसराई गरी बेनीबजारमा आएसँगै आफ्नो कला र संस्कृतिसँगै लिएर आएको उदाहरण बर्खे नाच एक महिने बर्खे नाचलाई मानिन्छ । निर्मांणधिन अजस्थामा रहेको फल्चाको असार महिनामा मेयर सुरत केसीले शिलन्यास गर्नुभएको थियो । नेवारी भाषामा केही समयको विश्रामको लागि बनाईएको विश्रामस्थललाई फल्चा नामले चिनिन्छ ।