म्याग्दीको बेनीमा अवस्थित माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले यस वर्षदेखि कक्षा ११ मा होटेल म्यानेजमेन्टको पढाइ सुरु गरेको छ ।विद्यार्थी र अभिभावकहरुको चाहनालाई मध्यनजर गर्दै उक्त विषयको पढाइ सुरु गरिएको विद्यालयका प्राचार्य राजु केसीले बताउनुभयो ।
आफ्नै जिल्लामा आफूले रोजेको विषय पढ्न पाएपछि निकै खुसी लागेको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थी मन्दिरा पुनले आफूले सानैदेखि पढेको र एसइई पास गरेकै विद्यालयमा आफूले चाहेको विषयको पढाइ भए पछि काठमाण्डौ,पोखरा जाने विचार छोडेर माउन्ट एभरेष्टमा नै होटेल म्यानेजमेन्ट पढ्नका लागि भर्ना भएको बताउनुभयो ।
होटेल म्यानेजमेन्टका लागि ४० वटा कोटा निर्धारण गरिएको र अब केही कोटा मात्र बाँकी रहेको प्राचार्य केसीले बताउनुभयो ।
टाढाबाट आउने र एसइईमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई छात्रवृत्तिको समेत व्यवस्था गरिनुको साथै भर्ना शुल्कमा छुट दिइएको उहाँको भनाइ छ । २०४७ सालमा स्थापना भएको यस विद्यालयले वर्षेनी उत्कृष्ट नतिजा प्राप्त गर्दै आइरहेको छ । गुणस्तरीय तथा सीपमूलक शिक्षाका साथै विद्यार्थीहरुको वैयक्तिक विकासका अनेक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको विद्यालयले जनाएको छ ।