म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आयोजना गरेको प्रथम स्ववियु फोे ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा परेको छ । विद्यार्थीलाई शैक्षिक सँगै खेलकुद सहित अन्य रचनात्मक क्रियाकलापमा सक्रिय बनाउन उद्देश्यले आयोजित प्रथम फुटबल प्रतियोगितामा आयोजकको सेतोले समुहले उपाधी जितेका थियो ।

फाइनलमा १–० ले आयोजक समुहकै ग्रिन द्धितीय भएको सचिव मन्जुर कटुवाल क्षत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा अनुशासित टिम रिजोइस टिम,उत्कृष्ट खेलाडी सिजन भण्डारी,सर्वाधिक गोलकर्ता अनुपम श्रेष्ठ, उत्कृष्ट डिफेन्डर तारामोहन श्रीपाली र ईमर्जिङ खेलाडी बिम्बा क्षेत्रीलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । स्ववियुले पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगितामा विभिन्न कक्षाबाट १० टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको सह–आयोजक म्याग्दी बहुमुखी क्याम्पस रहेको थियो । प्रतियोगितामा प्रथम, द्धितिय हुनेलाई क्रमश १५ हजार,७ हजार ट्र«फी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो। क्याम्पसमा रहेका विद्यार्थीलाई शैक्षिक सहित विभिन्न अनुदान, अतिरिक्त क्रियाकलापसँगै समुदायमा आवश्यक विभिन्न कार्यहरुमा निरन्तर सक्रिय हुनेस्ववियु सभापती संगम चोखाल क्षेत्रीले बताउनुभयो ।

प्रतियोगितामा क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, क्याम्पस प्रमुख श्रीधर सुबेदी, जिल्ला खेलकुद विकास समितिका सदस्य नगेन्द्र मल्ल, वडा नं ७ का वडा सदस्य सोहन श्रेष्ठ, जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँको उपस्थिती रहेको थियो ।
प्रतियोगिताको रेफ्री संयोजन पुरण छन्त्याल र एन्जन बानियाँले गर्नुभएको थियो। क्याम्पसमा स्ववियुमा निर्वाचित भएपछि सभापति क्षेत्रीको नेतृत्वमा रक्तदान, विद्यार्थीलाई इन्डक्सन, ग्रामिण क्षेत्रका विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण सहित विभिन्न रचनात्मक कार्यहरु गरेको छ ।
