---Advertisement---

म्याग्दीका सुबेदीलाई आईईएलटीएस पिटिइ सेन्टरले दियो नगद १ लाख पुरस्कार

On: July 26, 2025 11:25 AM
Follow Us:

ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बीसीए) मा उत्कृष्ट म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरका दिपेश सुबेदीलाई शैक्षिक परामर्शदाता । काठमाण्डौमा रहेको आईईएलटीएस पिटिइ सेन्टरले नगद १ लाख पुरस्कारले सम्मान गरेको छ । ललितपुरस्थित नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसिआइटी) बाट लगातार ६ सेमिस्टरमा ४.० जीपीए सहित सम्रगमा ३.९४ जिपिए ल्याउनुभएका सुबेदीलाई सेन्टरका सञ्चालक सन्तोष बानियाँ क्षेत्री र म्याग्दीका कुमार थापाले १ लाखको चेक हस्तान्तरण गर्नुभएको हो । उत्कृष्ट नतिजा ल्याएपछि सञ्चालक बानियाँले फोन गरेर बधाईसँगै पुस्कारको घोषणा गर्नुभएको थियो ।


पुलाचौरको जनकल्याण माविबाट बि.स २०७२ सालको एसइईमा ३.४० जिपिए ल्याउनुभएका सुबेदीले कक्षा ११ र १२ काठमाण्डौको पेन्टागन इन्टरनेशनल कलेजबाट विज्ञान विषयमा उत्कृष्ट नजिता ल्याउनुभएको थियो । सम्मान कार्यक्रममाआईईएलटीएस पिटिइ सेन्टरका सञ्चालक बानियाँले आफ्नो कमाईबाट विद्यार्थीलाई निशुल्क शिक्षासँगै उत्कृष्ट नतिजा ल्याउनेहरुलाई प्रोत्साहन गर्ने गरेको बताउनुभयो ।


गौंगबु र पुतलीसडकमा शाखा रहेको आईईएलटीएस पिटिइ सेन्टरले गुणस्तरीय शिक्षा र कम खर्चिलो भएकाले आईईएलटीएस र पिटिईको कक्षामा सतप्रतिशत छुट र भिषा प्रोसेसिङमा लागि समेत भारी छुट सहित विद्यार्थीलाई सघाइरहेको सञ्चालक बानियाँको भनाई छ । नेपालबाट यूकेमा धेरै विद्यार्थी पठाउने गरेको सेन्टरलाई ब्रिटिस काउन्सिलबाट ‘टप टेन’ शैक्षिक परामर्शदाताको रुपमा सम्मान समेत गरेको थियो । यता सम्मानित भएपछि विद्यार्थी सुबेदीले पढाइसँगै सामाजिक कार्यमा समेत सक्रियालाई निरन्तरता दिने बताउनुभयो । लियो क्लव अफ काठमाण्डौ सहित अन्य संघसंस्थामा आवद्ध सुबेदीले पुरस्कारलाई शैक्षिक क्षेत्रमै खर्चिने बताउनुभयो ।

Leave a Comment