म्याग्दीको बेनी नगरपालिका-१०,पाल्लेखेतकी एक बृद्धा बेपत्ता भएको १४ दिनपछि मृत अवस्थामा फेला पर्नुभएको छ । गत असार महिनाको २८ गते शनिबार आफ्नै घरबाट बेपत्ता हुनुभएकी चन्दकला भण्डारी शनिबार विहान गाउँतलको बान्द्रे पहिरो शब सडेगलेको अवस्थमा भेटिएको स्थानीय बिजुन केसीले बताउनुभयो ।
बान्द्रो पहिरोको तल सुतिरहेको अवस्थमा भेटिएको थियो । घरबाट बेपत्ता भएपछि परिवार, छिमेकी सहितको टोलीले उक्त क्षेत्र आसपासका खोजीकार्य समेत गरेका थिए ।

बृद्ध भण्डारीको शब भेटिएपछि प्रहरीलाई समेत जानकारी गराइएको छ । मृत्युको कारण भने खुलिसकेको छैन । बृद्धा भण्डारी मानसिक रोगी समेत हुनुहुन्थ्यो ।
घरबाटै बेपत्ता भएपछि पाल्लेखेत, घतान, तोरीपानी सहित बेनी नगरपालिकाभित्र र बेनीबजारसँगै छिमेकी रघुगंगा गाउँपालिका वडा नं ५ झिँ गाउँमा समेत खोजी गरिएको थियो भने प्रहरीमा समेत आफन्तले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए । घटनास्थलमा प्रहरीको टोली पुग्दै छ । शव पोष्टमार्टमका लागि बेनी अस्पतालमा ल्याएर कानुनी प्रक्रिया पुरा गरेपछि अन्तेष्टी गरिने परिवारजनले जनाएका छन् ।
