म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित रिभरसाईड बगरफाँट युवा क्लवले आगामी असोजमा १ लाख १६ हजार ६६६ रुपैयाँ पुरस्कार रासीको तेस्रो रिभरसाईड सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्नेभएको छ । बगरफाँटको खेलमैदानमा असोज ६ देखि ९ गतेसम्म खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने प्रतियोगिताका प्रथम पुरस्कार १ लाख १६ हजार ६६६ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ ।

त्यसैगरी द्धितीय पुरस्कार रु ६१ हजार, १११ रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ भने अनुशासित टिमलाई रु ८ हजार र ट्रफी,उत्कुष्ट खेलाडी,सर्वाधिक गोलकताृ,उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई नगद सहित टफी पुरस्कार रहेको क्लवका अध्यक्ष सुनिल थापाले बताउनुभयो । त्यसैगरी सेमिफाइनबाट बाहिरिने टिमलाई ८ हजार पुुरस्कार रहेको अध्यक्ष थापाको भनाई छ । नाम दर्ताका लागि अन्तिम मिति भदौ २३ गतेदेखि असोज २ गतेसम्म तोकिएको छ ।‘अहिले हामी आर्थिक श्रोत जुटाउने अभियानमा छौं,सबैतिरबाट हामीलाई राम्रो प्रतिक्रिया प्राप्त भैरहेको छ‘अध्यक्ष थापाले भन्नुभयो ‘खेलकुदको माध्यमद्धारा हामीले समाजलाई संगठित बनाउने र देश विदेशमा चिनाउने लक्ष्य लिएका छौं ।’

‘हामीलाई विदेशमा रहनुभएका अग्रज दाइहरु र साथीहरुबाट आवश्यक सहयोग र मार्गदर्शन प्राप्त भइरहेको छ,उहाँहरुको साथ र सहयोगले नै हामीका केही गरौं भन्ने भावना विकसित भएको हो’ रिभरसाइड युवा क्लवका सल्लाहाकार एवम् बगरफाँटका सक्रिय युवा नारायण थापाले बताउनुभयो । बगरफाँट खेलाडीहरुको गाउँ पनि हो । यहाँका युवाहरु जिल्ला र प्रदेश स्तरका विभिन्न खेलकुद प्रतियोगितामा पुरस्कृत र सम्मानित हुदै आएका छन् ।
पछिल्लो समय बगरफाँटका युवाहरु संगठित भै खेलकुदका साथै अन्य सामाजिक,गाउँलाई पर्यटकीय गाउँ बनाउने अभियानका साथै जनचेतनामूलक कामहरुमा लागेका छन् । असोजमा आयोजना हुन लागेको रिभरसाइड फुटबल प्रतियोगिता गाउँको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता पनि भएकोले समाजका हरेक व्यक्तिहरुलाई आवश्यक सहयोग र सरसल्लाहाका लागि यहाँका युवाहरुले आग्रह गरेका छन् ।
सदरमुकाम बेनीबजार नजिकै रहेको बगरफाँटको खेलमैदान बनाउन समेत स्थानीय समुदायले चन्दा संकलन गरेका थिए । सदरमुकाम नजिकै भएपनि समुदायस्तरमा विभिन्न आवश्यकतामा बगरफाँटलाई उपेक्षा गरिएको छ ।