---Advertisement---

खिवाङ समाज युकेको भेटघाट, गाउँमा गरेको योगदानको प्रशंसा

On: July 27, 2025 1:41 PM
Follow Us:

बेलायतमा रहेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ खिबाङीको साझा संस्था खिवाङ समाज युकेको भेटघाट कार्यक्रम गरेको छ ।

बेलायतमा छरिएर रहेका खिवाङबासीको एकता र सहकार्यसँगै रचनात्मक कार्यका लागि स्थापित समाजको भेलाको प्रमुख अतिथी मोना युकेका अध्यक्ष पदम शुन्दर गर्वुजा र समाजका पुर्व अध्यक्ष क्या.युवराज गर्वुजाले संयुक्त रुपमा पन्धिराको लाटा भुमेको तस्वीरमा पुजा गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

सोही अवसरमा पर्यटन तथा विकास प्रेमी स्वर्गीय मेजर टेकबहादुरको तस्बीरमा पुजाको शुभारम्भ छोरा सुनिल बुदुजाले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि मोना यूकेका अध्यक्ष गर्बुजाले मोनामार्फत हुने हरेक कार्यक्रममा खिवाङबासीको योगदानको उच्च प्रशंसा गर्नुभएको थियो ।


‘मोनाका लागि हजुरहरुले धेरै गर्नुभएको छ, हामी मिलेर नै जन्मभुमीका सक्ने सहयोग आगामी दिनमा पनि गर्छौं‘अध्यक्ष गर्बुजाले भन्नुभयो। कार्यक्रममा खिममाया पुन,डिना पुन,यम्मु पुन,रितिका पुन,शुनिल पुन,राजेश,ईभान पुन, ईशा पुन,ममता पुर्जाले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा बेलायत आउनुभएका बिभिन्न व्यक्तीहरुलाई स्वागत संगै बिभिन्न बिधामा उपलव्धी प्राप्त गरेकाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा सहभागिलाई डिना पुन, कौशिला गर्बुजा, यम्मु गर्बुजाले नेपाली मौलिक खाजा सेलरोटीको सौजन्य गर्नुभएको थियो ।


करिब १ सय जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता तथा स्वागत नारायण पुन, सञ्चालन सचिब मनोज पुनले गर्नुभएको थियो । कार्यक्रममा समाजसेवी मुक्ती रोका, लाल बहादुर पुन “ख”, गणेश बुढाथोकी, होल्याण्डबाट आउनु भएकी कौशिला गर्वुजा लगायतको उपस्थित रहेको थियो।

पुजाको व्यवस्थापक सल्लाहकार बिल पुर्जा, पुख्र्यौलीको व्यवस्थापन सल्लाहकार जंग गर्वुजा र उपाध्यक्ष मोहन बुदुजाले,जलपानको व्यवस्थापन सनम तिलिजाले, हल व्यवस्थापन कोषाध्यक्ष देबु पुर्जाले र टिकटमा मिना बुदुजा र भुमा पुर्जाले व्यवस्थापन गर्नुभएको सचिव मनोज पुनले जानकारी दिनुभयो । समाजमार्फत बेलायतमा विभिन्न कार्यक्रमहरुमा सहयोगका साथै खिवाङको विद्यालयमा भौतिक तथा शैक्षिक सहयोग, खेलमैदान निर्माणका साथै समस्यामा परेकाहरुलाई सहयोग गर्ने गरिएको छ ।

Leave a Comment