म्याग्दीका यूवा नेता प्रकाश पौडेलले अत्यधिक गर्मी र खडेरीका कारण खानेपानीको समस्या भएका तराई–मधेशका जिल्लाहरुमा सहारा अभियानले ‘प्यासको विरुद्ध एक बोतल पानी’ अभियान सुरु गर्नुभएको छ ।‘एक जनाले एक जनताको लागि’ नारासहित पानीका बोतलहरु तराई–मधेशका जिल्लाहरुमा पठाउने अभियान थालिएको हो । सहाराका अभियान्ता पौडेलका अनुसार यो अभियान अन्तर्गत चितवनबाट आज एक सय कार्टुन पिउने पानी वीरगञ्ज पठाइएको छ ।
‘यस विषम् परिस्थितिमा हामी मध्ये जो जहाँ छौं, त्यहाँबाट छुट्ने सवारी साधन (बसहरु, ट्रकहरु आदि) मा पानीका बोतलहरु भरेर पठाउन सक्यौं भनेर, प्यासले छटपटाइरहेका दाजुभाइ दिदीबहिनीहरुलाई थोरै राहत मिल्नेछ’, यो अभियानले आह्वा गरेको छ । यसैबीच अभियानमार्फत जोडिएका यूवाहरुले तराई क्षेत्रमा पानी समेत पुर्याउन थालेका छन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रिय अध्यक्षमा झिनो मतले पराजित हुनुभएका पौडेलले विगतमा पनि विपद्का अभियानहरुमा अंग्रपक्तीमा बसेर काम गर्नुभएको थियो ।