---Advertisement---

एनआरएनए जापानको महाधिवेशनमा विभिन्न पदमा म्याग्देली बिजय

On: July 27, 2025 9:49 PM
Follow Us:

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको १२ औँ राष्ट्रिय महाधिवेशनमा म्याग्देली उम्मेदवार निर्विरोध तथा विजय हुनुभएको छ । आइतबार सम्पन्न भएको २०२५–२०२७ कार्यकालको निर्वाचनमा लेखा समिति संयोजकमा बेनी नगरपालिका–८ का सचिन श्रेष्ठ, केन्द्रिय कार्यसमितिको क्षेत्रीय सचिवमा बेनपा–२ का सागर कार्की तथा केन्द्रिय सदस्यमा प्रकाश विश्वकर्मा, नागोया उपसंयोजकमा मालिका गाउँपालिका–१ निस्कोटका रुपेश पुन, नागोया सचिवमा बेनपा–२ का सागर थापा बगाले निर्वाचित हुनुभएको छ भने कान्तो सहसचिवमा बेनपा–४ की उषा ठकुरी निर्विैरोध हुनुभएको छ ।


एनआरएनए जापान र विभिन्न क्षेत्रीय समन्वय समितिमा रहेर सामाजिक कार्यहरुमा सक्रिय म्याग्देलीहरुलाई निर्वाचित गराउन जापानमा रहेका म्याग्देली सक्रिय भएका थिए । एनआरएनएमा निर्वाचित म्याग्देलीहरु मोनाको विभिन्न पदमा समेत कार्यरत हुनुहुन्छ । यसैबीच एनआरएनएमा निर्वाचित म्याग्देली सहित सम्पूर्ण निर्वाचितलाई मोना अन्तराष्ट्रि«यका अध्यक्ष ददीवल खड्काले बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको छ ।

Leave a Comment