---Advertisement---

बेनीबाट एक युवा ६ दिनदेखि बेपत्ता

On: July 28, 2025 8:30 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीबजारबाट २४ वर्षीय एक यूवा ६ दिनदेखि बेपत्ता भएका छन् । नवलपरासी पल्हिनन्दन गापा सनई घर भई हाल बेनीबजार संगमचोकस्थित हिरा साउन्ड एण्ड भिजनमा काम गर्दै आएका सोनु विश्वकर्मा गत मंगलबारदेखि संगमचोकबाट बेपत्ता भएको भिनाजु मोहन नेपालीले जानकारी दिनुभयो ।


मंगलबार राती ८ बजेर ४५ मिनेटमा संगमचोकबाट म्याग्दी जेसीज हुदै कालिगण्डकी नदीमा निर्मित रिङरोडतर्फ जादै गरेको सिसी क्यामेरामा देखिएको परिवारका सदस्यको भनाई छ । बेपत्ता विश्वकर्माको खोजीकार्य भएपनि हालसम्म घरपरिवारको सम्पर्कमा छैनन्। खोजी कार्य जारी रहे पनि नभेटिंएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीमा समेत खोजीकार्यका लागि निवेदन दिएको भिनाजु नेपालीको भनाई छ ।

बेपत्ता विश्वकर्माको प्रहरीलाई खबर हुँदा बित्तिकै खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

उक्त हुलिया भएको व्यक्तिलाई कोही कसैले देख्नु भेट्नु भएमा नजिकैको प्रहरी चौकी अथवा दिइएको नम्बरमा तुरुन्तै संपर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।९७६३२७१८८२, ९८४०१६७५३०

Leave a Comment