---Advertisement---

एनआरएनए क्वीन्सल्यान्डको महिला संयोजकमा म्याग्दीकी सजिना बुढाथोकी चयन

On: July 28, 2025 9:14 PM
Follow Us:

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको क्वीन्सल्यान्ड राज्य समन्वय समितिको महिला संयोजकमा म्याग्दीकी सजिना बुढाथोकी निर्विरोध निर्वाचित हुनुभएको छ । म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुुहुँ घर भई हाल क्वीन्सल्यान्डमा बस्नुहुने बुढाथोकी सन्तोष कुँवरको प्यानलबाट (२०२५–२०२७) का लागि क्वीन्सल्यान्ड राज्य समन्वय समितिको महिला संयोजकमा चयन हुनुभएको हो । संघको शनिबार (जुलाई २६ मा) सम्पन्न निर्वाचनमा क्वीन्सल्यान्ड राज्य समन्वय समितिको महिला संयोजक हुनुभएकी बुढाथोकी मानसिक स्वास्थ्य नर्सको रुपमा कार्यरत हुनुहुन्छ


मोना अष्ट्रेलियाको क्वीन्सल्यान्ड क्षत्रीष् समितिको सचिवको रुपमा समेत कार्यरत भएर विभिन्न सामाजिक कार्यमा संलग्न हुनुभएकी बुढाथोकीले एनआरएनएको यात्रालाई आफ्नो पेशागत क्षमतासँगै सामाजिक कार्यमा समेत जोड्ने बताउनुभयो । क्वीन्सल्यान्ड राज्य समन्वय समितिमार्फत संस्थागत गतिविधिसँगै विद्यार्थी जीवनमा भोगेका एक्लोपन, मानसिक तनाव न्यूनिकरण गर्ने अभियानमा समेत थप सक्रिय हुने बताउनुभयो । ‘मेरो एजेण्डामा केन्द्रित भएर कार्यकालभरी काम गर्नेछु, यो अभियानमा साथ दिनुहुने सबैप्रति आभारी छु’ महिला संयोजक बुढाथोकीले भन्नुभयो ।


एनआरएनएको अभियानमा बुढाथोकीले नेपाली महिलाको सशक्तिकरण—आत्मनिर्भर र आत्मविश्वास, ‘साथी कार्यक्रम’मार्फत नयाँ आगन्तुकहरूलाई स्थानीय समुदायसँग जोड्ने प्रयास, क्वीन्सल्याण्डको दुर्गम क्षेत्रमा बसोबास गर्ने महिलाहरूलाई लक्षित विभिन्न कार्यक्रमहरुलाई एनआरएनमार्फत जोड्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

Leave a Comment