---Advertisement---

म्याग्दी जेसीजद्वारा निःशुल्क पानी वितरण तथा सरसफाइ

On: July 29, 2025 8:28 AM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध गलेश्वरधाम शिवालयमा सोमबार निःशुल्क रुपमा पानी वितरण तथा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । श्रावण महिनाको दोस्रो सोमबारका दिन म्याग्दी जेसीजले धार्मिक तथा सामाजिक सेवा अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई जोड्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत सोमबार गलेश्वरधाममा दर्शन गर्न आएका भक्तजनहरूलाई जेसीजमार्फत निःशुल्क रुपमा पिउने पानी वितरण गरिएको थियो । बिहानैदेखि म्याग्दी जेसीजका सदस्यहरू खटिएर भक्तजनलाई सहज रुपमा पूजाअर्चना गर्न आवश्यक व्यवस्थापनमा सहयोग गर्नुका साथै पानी वितरण गरिएको म्याग्दी जेसीजले जानकारी दिएको छ ।

गलेश्वर शिवालय मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न आएका भक्तजनहरुले म्याग्दी जेसीजले गरेको सामाजिक कार्यको सकारात्मक प्रतिक्रिया दिएका छन् । यसैगरी बेलुकीपख मन्दिर परिसरमा जेसीजमार्फत स्वच्छता अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त अभियानमा गलेश्वर मन्दिर परिसर तथा वरपरको क्षेत्रमा सरसफाइ गरी धार्मिक स्थलको सौन्दर्य र स्वच्छ वातावरणलाई सफा बनाउन पहल गरिएको छ ।

म्याग्दी जेसीजका सहकोषाध्यक्ष तथा कार्यक्रमका संयोजक तेजेन्द्र खत्रीले जेसीजले सञ्चालन गरेको अभियानले समुदायस्तरमा सामाजिक सचेतना फैलाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । म्याग्दी जेसीजले सामाजिक क्षेत्रमा यस्ता कार्यहरुलाई आगामी दिनमा पनि क्रमशः निरन्तरता दिने जनाएको छ ।

Leave a Comment