---Advertisement---

म्याग्दी बिम समाज यूकेको अध्यक्षमा मन्दिप जुग्जाली चयन

On: July 29, 2025 6:27 PM
Follow Us:

यूकेमा बसोबास गर्ने बिमबासीको साझा संस्था म्याग्दी बिम समाज यूकेको ७ औं अधिवेशन तथा १७ औं बार्षिक भेटघाट कार्यक्रमबाट मन्दिप जुग्जालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

आइतबार स्यानडर्स कमिनिटी सभाहलमा सम्पन्न भएको अधिवेशनबाट प्रथम उपाध्यक्ष प्रविन राना,उपाध्यक्ष रबिन पुन,सचिव नेत्र फगामी,सह–सचिव मनोज जुग्जाली,कोषाध्यक्ष सर्वजित जुग्जाली,सह–कोषाध्यक्ष तुक्लाल पुन,सांस्कृतिक संयोजक लक्मान पुन, सञ्चार सचिव चित्र पाईजा रहनुभएको पूर्व अध्यक्ष कृष्ण जुग्जालीले बताउनुभयो ।

समाजको कार्यसमिति सदस्यहरू बिष्णु जुग्जाली,जालमायाँ गर्बुजा,मनदेवी जुग्जाली, कोपिला जुग्जाली,भुमी फगामी, खिम जुग्जाली, मन बहादुर पुन र सुरज जुग्जाली रहनुभएको छ । अधिवेशन तथा बार्षिक भेटघाट कार्यक्रमको उद्घाटन गदैं मोना युकेका अध्यक्ष पदम सुन्दर गर्बुजाले आफ्नो गाउँमा शिक्षा, स्वास्थ्य, धार्मिक तथा पर्यटकीयस्थल, विपद् लगायत विभिन्न क्षेत्रमा समाजले करोडौं योगदान गरेको बताउनुभयो ।

कार्यक्रममा भुपू माननिय नर बहादुर पुन, मालिका गाउँपालिका–५,वडा अध्यक्ष मीन पुन, मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुनले आफ्नो जन्मभुमीका लागि कर्मभूमीबाट गरेका योगदानको चर्चा गर्नुभएको थियो । अधिवेशनमा मोना यूकेका पूर्व अध्यक्ष दल जुग्जाली, समाजका संस्थापक अध्यक्ष झलक गर्बुजा, पूर्व अध्यक्ष नरबहादुर पाईजा लगायत विभिन्न गाउँ समाजका अध्यक्ष तथा प्रतिनिधिलाई निर्वतमान अध्यक्ष अध्यक्ष कर्ण जुग्जालीले धन्यवाद दिदैं अगामी दिनमा पनि सहकार्यका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा किसानी सञ्जीविनि अक्षय कोषका आर्थिक सहयोग गर्ने सहयोगदातालाई कोषका संयोजक कृष्ण जुग्जालीले सम्मानपत्र प्रदान गर्नुभएको थियो । सन् २००८ मा स्थापना भएको समाजले हालसम्म गाउँमा विभिन्न क्षेत्रमा २ करोड ५३ लाख भन्दा बढी सहयोग गरेको छ । सोही अवसरमा नेपालबाट आउनुभएका कलाकार अनुपा रोका मगर, सन्तोष पुन र बिम समाज यूकेका कलाकारहरुले प्र्रस्तुती दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता अध्यक्ष कर्ण जुग्जाली, स्वागत मन्दिप जुग्जाली र सञ्चालन रविन पुनले गर्नुभएको थियो ।

Leave a Comment