---Advertisement---

‘साढे ३ घण्टाको यात्रा २० मिनेटमा छोटियो’

On: July 29, 2025 9:31 PM
Follow Us:

हरिकृष्ण गौतम/ मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सौरू आधारभुत विद्यालयका प्रधानध्यापक दिपक तुलचानले कालिगण्डकी नदीमाथि ‘सस्पेन्सन’ झोलुङ्गे पुल बनेपछि साढे ३ घण्टाको दुरी २० मिनेटमै पार गर्नुहुन्छ। बेनी–जोमसोम–कोरोला सडकखण्ड अन्तरगत कोवाङ–खन्ती–सौरु, सिर्कुङ जोड्ने झोलुङ्गे पुल बनेपछि प्रअ तुलाचनको घुमाउरो बाटो यात्रा गर्नुपर्ने बाध्यता हटेको र यात्रा अवधि पनि छोटिएको छ ।

तुलाचन जस्तै खन्तीका यूवा मनोज थापालाई कालिगण्डकी पारीका बस्तीहरूमा जान दैनिक साढे घण्टा लाग्थ्यो।
हिउँदोमा कालिगण्डकी नदीबाटै तर्ने गर्नुभएका थापा बर्खाको समयमा घुमाउरो बाटो हिड्नुपर्नेमा अहिले घर नजिकै ‘सस्पेन्सन’ झोलुङ्गे पुल बनेपछि सहज भएको छ ।

थासाङ गाउँपालिकाका विभिन्न बस्ती जोड्न ५ सय ७० मिटर लम्बाइ र २ मिटर चौडाइ भएको पुल बनेपछि बर्खाको समयमा जोखिम मोलेर कालिगण्डकी नदी र कोखेठाँटीको झोलुङ्गे पुलबाट आवतजावत गनुपर्ने झन्झट हटेकोप्रअ तुलाचनले बताउनुभयो । तुलाचन भन्नुहुन्छ,‘‘गाउँबाट बिरामी बोकेर जाँदा बाटोमै ज्यान जाने गरेको थियो,कालिगण्डकीले बर्षेनी तर्ने क्रममा स्थानीयलाई बगाउँथ्यो, अब त निकै सहज भएको छ।’’


पुल बनेपछि स्थानीय उत्पादनलाई बजारीकरणमा समेत सहज भएको छ । हाल निर्मित पुलको प्रयोग गर्ने सबैजसो बस्तीबाट कम्तीमा एक जनाले कालिगण्डकी नदी तर्ने क्रममा ज्यान गुमाएको प्रअ तुलाचनको भनाई छ । अब विगतमा स्थानीयले भाग्नुपरेको काहलिलाग्दो दिनको अन्त्य भएको भन्दै पुलले स्थानीयको मुख्य समस्या समाधान भएको उहाँको भनाई छ। थासाङ–२ का वडा अध्यक्ष गौतम शेरचनका अनुसार पुल नहुदाँ बृद्धबृद्धा र बालबालिकालाई घुराउरो बाटो हिड्दा सास्ती भएपछि कालिगण्डकी नदीबाटै पार गर्दा ज्यानै जाने गरेको थियो ।


वडा अध्यक्ष शेरचन भन्नुहुन्छ,‘‘पुल बनेपछि बषौंदेखिको सास्ती हटेको छ, गाउँलेमा खुसीयाली छाएको छ। ’’पुल बनेपछि समूद्री सतहदेखि करिब ४ हजार मिटर उचाइमा अवस्थित मार्चे लेक, धौलागिरी, निलगिरी, टुकुचे हिमाल क्षेत्रमा जाने पर्यटकलाई समेत सहज भएको छ । हरेक बर्ष मार्चे लेकमा लाग्ने चौरीको आलो रगत पिउने मेलामा जानेहरूलाई झनै सहज भएको वडा अध्यक्ष शेचरनको भनाई छ ।


मार्चे लेकमा थासाङ गाउँपालिका भित्रका विभिन्न बस्तीबाट चौरी र पशुपालन गर्ने गरिएको छ । पुलको प्रयोग गरी थासाङ गाउँपालिका भित्रका अन्य पर्यटकीयस्थल, तालहरुमा समेत भ्रमण आउने पर्यटक लाभान्वित भएको र नयाँ गन्तब्य पहिचानमा समेत सहज हुने स्थानीयको भनाई छ । बिक्रम संवत् २०७७ साल बैशाख ३० गते सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंंले ईलाइट रुविना कन्सट्रक्सन जेभीसँग ५ करोड लागतमा ठेक्का सम्झौता गरेकोमा कोरोना भाइरस, हिमापता, अत्यधिक जाडोसँगै अन्य विविध समस्या देखाउँदै पुल निर्माणमा ढिलासुस्ती भएको थियो ।


दुई बर्ष अगाडी थासाङ गाउँपालिकाकै पर्यटकीयस्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा ८३ मिटर लामो झोलुंगे पुल झोलुंगे पुल निर्माण भएपछि कोवाङ, खन्ती, नाउरीकोट, ताङछरा, लार्जुङलगायत बस्तीका १ सय ७० घरधुरीका साथै ताल भ्रमणमा आउने पर्यटक पुलबाट लाभान्वित भएका थिए ।

Leave a Comment