---Advertisement---

पठन संस्कृति बढाउँदै म्याग्दी पुस्तकालय

On: July 30, 2025 7:10 PM
Follow Us:

डिजिटल प्रविधिको विकाससँगै पुस्ताकालयमा गएर पुस्तक पढ्नेहरुको कमी हुँदै गएको छ । मोवाइल, सामाजिक सञ्जालको लतमा फस्दा दशक अगाडीजस्तो पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा म्याग्दी जिल्लाकै पूरानो म्याग्दी पुस्तकालयले भने पाठकलाई आर्कषित गर्न शनिबार, अन्य सार्वजनिक विदामा समेत पुस्तकालय खोल्ने गरेको छ ।

पुस्तकालयभित्र इन्टरनेट तथा इलाइब्रेरीको समेत सुविधाले समेत हरेक प्रकारका पाठकहरू पुस्तकालयमा आउने गरेका छन् । सार्वजनिक विदामा पेशागत र अन्य समयमा विद्यालयका विद्यार्थी समेत पुस्तकालयमा आउने गरेका छन् । गत आर्थिक बर्ष २०८१÷०८२ सालमा पुस्तकालयमा आएर ३ हजार १ सय १२ जना पाठकले पुस्तक पढेका छन् ।


त्यस्तै १ सय ६३ जना पाठकले पुस्तक आदानप्रदान गरेका छन् । पुस्तकालयभित्र रहेको बालकक्षमा २ हजार ९ सय ३८ जना बालबालिका प्रवेश गरेका छन् भने ५ सय ५४ बालबालिकाका अभिभावकले पुस्तक घरमा लगेर समेत प्रयोग गरी फिर्ता गरेको तथ्याङ्कमा देखिन्छ । पुस्तकालयभित्र इन्टरनेटको प्रयोग गरी अध्ययन गर्ने पाठक १ हजार ६११ जना रहेको अध्यक्ष अम्बिक श्रेष्ठले बताउनुभयो ।


‘हामीले पाठक आर्कषित गर्ने गरी योजना बनाएका छौ, अहिले पाठकको चाहना अनुसारकै पुस्तक खरिद गछौं’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । पाठकको चाहना अनुसार एक बर्षमा अतिरिक्त २ सय पुस्तक थप गरिएको बताए । बेनी नगरपालिकाले बार्षिक रुपमा १ लाखको पुस्तक खरिदका लागि बजेट समेत दिने गरेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

पुस्तकालयले ब्यवसायिक सटर, कोठा भाडाबाट गरेको आम्दानी तथा विभिन्न सहयोगबाट बार्षिक ३ लाखभन्दा बढीको पुस्तक समेत खरिद गर्ने गरेको छ । पुस्तकालय भित्रको वातावरण पाठकमैत्री रहेकाले नियमित पुस्तकालयमा आउने गरेको प्रकाश माविका शिक्षक दिपक अर्यालको भनाई छ ।

शिक्षक अर्यालय सबैभन्दा धेरै पुस्तक पढ्ने पाठकको रुपमा समेत सम्मानित हुनुभएको छ । ‘पुस्तकालयमा धेरै परिवर्तन भएको छ, चर्चित लेखकका कृतिहरू केही दिनमै पुस्तकालयमा पुग्छ’ पाठक अर्यालले भन्नुभयो ।


बेनी महारानीथान स्थित माउण्ट एभरेष्ट आवासीय माविले समेत साप्ताहिक रुपमा पुस्तकालयमा विद्यार्थीलाई पठन संस्कृतिमा सघाउने उदेश्यले पठाउने गरेको छ । एउटा राम्रो पुस्तकालयविना पठन सभ्यता अधुरो हुने भएकाले पाठकलाई अनुशासित र लक्ष्य प्राप्तीका लागि यसको अहम् भूमिका हुने भएकाले कक्षा ५ देखि माथिका विद्यार्थीलाई समय तालिका बनाएर पुस्तकालयमा पठाउने विद्यालयका प्रिन्सिपल राजु केसीले बताउनुभयो । पुस्तकालयमा बाल सामग्रीदेखि धार्मिक, साहित्यिक, अङ्ग्रेजी, हिन्दीसहित विभिन्न विधाका पुस्तक राखिएको कक्षबाहेक श्रव्य, दृश्य, सङ्गीत, खेलकूदका सामग्री सहित विभिन्न विधाका ८ हजारभन्द बढी पुस्तकहरू छन् ।

Leave a Comment