बेनी नगरपालीका वडा नं १० ओखलेका एक पुरुष सदरमुकाम बेनीबजारबाट १० दिनदेखि बेपत्ता हुनुभएको छ । गत साउन ५ गते घरबाट सदरमुकाम बेनीबजार आएका ३९ वर्षीय देबेन्द्र केसी सम्पर्कविहिन भएको श्रीमती दुर्गा केसीले बताउनुभयो ।
बेनीबजारबाट सम्पर्कविहिन भएका केसीलाई साउन ९ गते कालिपुल बसपार्क क्षेत्रमा देखेको प्रत्यक्षदर्शीले बताएपनि खोजीकार्य गर्दा नभेटिएको श्रीमति केसीले बताउनुभयो । कालिपुलमा रहेको एक खाजा घरमा खाजा खाएर गएको बताएपछि खोजीकार्यको क्रममा बस चढेर गएको बताएपनि पुष्टी हुन नसकेको श्रीमति केसीको भनाई छ । बेपत्ता देबेन्द्रको खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीमा निवेदन समेत दिएको छ ।
सम्पर्कविहीन भएको जानकारी लगत्तै कालिपुल क्षेत्रको सिसी क्यामेरा सहित त्यहाँ रहेका सवारीसाधनका चालकसँग जानकारी सहित परिवारजनको समन्वयमा खोजीकार्य भइरहेको प्रहरी भनाइ छ । बेपत्ता देबेन्द्रकी श्रीमतिले कोही कसैले देख्नु भेट्नु भएमा नजिकैको प्रहरी चौकी अथवा दिइएको नम्बरमा तुरुन्तै संपर्क गरिदिनुहुन अपिल गर्नुभएको छ ।
९८६७६४५०१२, ९८४८२४६३०६