---Advertisement---

‘डिजिटल ठगिबाट बच्न हरेक व्यक्तिले सावधानी अपनाउनुपर्छ’

By सुर्यबहादुर थापा
On: July 31, 2025 7:55 AM
Follow Us:

म्याग्दीमा स्क्यामरबाट पीडित हुनेमध्ये केही मात्रै प्रहरीमा उजुरी गर्छन् । साउन महिनामा ओटीपी कोड मागेर बैंक खाताबाट पैसा निकालेको घटनामा दुई संस्थाका कर्मचारी नै पीडित भएपनि यसबर्ष झनै सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

अनलाइनबाट सामान, गिफ्ट पठाएको छु भन्दै भन्सार शुल्कका नाममा ठग्ने, विदेश पठाउने,जागिरको लोभ देखाएर ठगी गर्ने घटना पनि उत्तिकै बढेका छन् । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर, भाइबर लगायतका माध्यममा अनलाइन जागिर रहेको पोस्ट देखाएर बजारदेखि ग्रामिण क्षेत्रसम्म सर्वसाधारण ठगिएका छन् । जिल्ला प्रहरी कार्यालयका उजुरी हेर्दा शिक्षित बर्ग समेत प्रलोभनमा फसेर अनलाइन ठगिमा परेको देखिन्छ ।


हामीले समुदायसँग प्रहरी कार्यक्रम अन्तरगत डिजिटल अपराधका जोखिमबारेमा जनचेतना अभियान सञ्चालन गरिरहेका छौ । यसबर्ष अझै प्राथमिकता दिएर विद्यार्थीदेखि समुदायस्तरसम्म डिजिटल अपराधका अनेक रुपहरूका बारेमा जानकारी गराउने छौ । डिजिटल अपराधीको टार्गेटमा सर्वसाधारणदेखि संघसंस्था समेत परेकाले सचेतनामुलक अभियानमा समुदायस्तरका संघसंस्थाको पनि साथ चाहिन्छ । डिजिटल अपराधबाट बच्न हरेक व्यक्तिले सुरक्षा सावधानी अपनाउनुपर्छ।

सामान्य नागरिकले असम्बन्धित एवं शंकास्पद व्यक्तिले विभिन्न बहानामा आर्थिक कारोबारका बारेमा जानकारी मागेमा दिनु हुँदैन। सावधानी नै अपराधको रोकथाम हो भन्ने कुरा सबैले महसुस गर्नुपर्छ। यसर्थ सबैले गोप्य पासवर्ड प्रयोग गर्ने, आवश्यक देखिए समयसमयमा पासवर्ड परिवर्तन गर्ने। अज्ञात स्रोतहरूबाट लिंकहरूमा क्लिक गर्दा वाडाउलोड गर्दा सावधान रहने गर्नुपर्छ। डिजिटल अपराधीसँग होसियार नै ठगिबाट जोगिने पहिलो आधार हो ।

बेनी साप्ताहिक पत्रिकासँग कुराकानीको आधारमा

सुर्यबहादुर थापा

प्रहरी नायव उपरीक्षक, जिल्ला प्रहरी कार्यालय म्याग्दी

Leave a Comment