---Advertisement---

 बुधबारदेखि हराएका दुई किशोरी भेटिए

On: July 31, 2025 10:02 PM
Follow Us:

बिहानदेखि सम्पर्कविहिन भएका म्याग्दीको मंगला गाउँपालिका–४, भित्रीबनका दुई किशोरी बिहिबार साँझ पोखरामा फेला परेका छन्। विद्यालय जान हिँडेकी १४ बर्षिया सञ्जु विक, १३ बर्षिया सपना विक विहान १० बजेदेखि सम्पर्कविहीन भएपछि खोजीकार्य गर्दा पोखरामा भेटिएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो ।

बुधबार साँझ हराएको र खोजतलास तथा हुलिया परिपत्र गरी पाउँ भन्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा निवेदन दिएको र सोही आधारमा खोजतलासलाई प्रहरीले तीव्रता दिएको थियो । भेटिका किशोरीलाई प्रहरीले आफन्तको जिम्मा लगाउने जनाएको छ । आफ्नै खुसीले भागेर हिँडेको भएमा सम्झाई बुझाई आफन्तको जिम्मा लगाउने कसैले दबाबमा लगेको भए कानुनी प्रक्रिया सुरु हुने जनाइएको छ र

Leave a Comment