---Advertisement---

बेनी सामुदायिक माविमा विद्यार्थीले गर्छन ई-हाजिरी, अभिभावकलाई पुग्छ सूचना

On: August 1, 2025 8:02 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थीहरू विद्यालयको गेटबाट छिर्नेबित्तिकै एउटा डिभाइसमा आफ्नो परिचयपत्र (आईडी कार्ड) देखाउनुपर्छ । विद्यालयमा प्रवेश तथा विद्यालयबाट घर जाँदा विद्यार्थीले ई हाजिरीको सुविधाले अभिभावकलाई समेत सहज भएको छ।

यसै शैक्षिक सत्रदेखि विद्यालयले सुरु गरेको ‘ई–हाजिरी’ प्रणालीले विद्यालयलाई विद्यार्थीको नियमित जानकारी अभिभावकालाई दिन तथा शिक्षक, विद्यार्थी र अभिभावकबिचको दूरीलाई प्रविधिले जोडिदिएको छ।

विद्यार्थीले आफ्नो कार्डमा भएको चिपलाई डिभाइसमा स्क्यान गरेपछि उनीहरूको हाजिरी स्वतः विद्यालयको सिस्टममा दर्ता हुने विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले बताउनुभयो । ‘हामीले विद्यालयलाई स्मार्ट बनाउने अभियानमा छौ, प्रविधिको प्रयोग गरी विद्यार्थीलाई उत्कृष्ट तथा अभिभावकलाई समेत सहज बनाउने छौ’ प्रअ श्रेष्ठले बेनीअनलाइनलाई भन्नुभयो ।

यो प्रविधिको प्रयोगले घरबाट विद्यालयमा आएका विद्यार्थी कतै बसेमा र विद्यालयबाट घर फर्किएपछि ढिलो वा हराएमा समेत तत्काल अभिभावकलाई जानकारी हुन्छ । आईडी कार्ड देखिाएर इ–हाजिरी गर्दै गरेका विद्यार्थीलाई यसको महत्वका बारेमा समेत जानकारी गराइएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् बेनी नगरपालिका वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले विद्यालयको प्रवेशद्धारदेखि कक्षाकोठासम्म स्मार्ट प्रविधिको प्रयोगका लागि विभिन्न योजना बनाएको बताउनुभयो । बेनी सामुदायिक माविमा १२ सयभन्दा बढी विद्यार्थी छन् ।

Leave a Comment