शरीरमा रगत उत्पादन नहुने रोग (बोनम्यारो एनिमिया) बाट पीडित एक म्याग्देलीको उपचारमा आर्थिक अभाव भएपछि मोना यूएईका अध्यक्ष काजिमान बुढाथोकीले आर्थिक संकलन अभियान सुरु गर्नुभएको छ ।
भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा भर्ना गरी उपचार भइरहेको रगत सम्बन्धी समस्याबाट पीडित म्याग्दीको मालिका गाउँपालिका–४, घर भएका २३ बर्षिय चोकबहादुर बुढाथोकीलाई थप दुई महिना अस्पतालमै उपचार गर्नुपर्ने भएपछि आर्थिक अभावले उपचारमा समस्या भएको छ ।
जापानमा उपचार खर्चिलो भएसँगै भारतमा ल्याइएकोमा हालसम्म उपचारको क्रममा २४ लाख भारतीय रुपैयाँ खर्च भएको छ । अझै ३ महिना अस्पतालको निगरानीमा हुनुपर्ने भएकाले थप आर्थिक आवश्यक परेको पीडितकी दिदी निर्मला बुढाथोकीले बताउनुभयो । अस्पतालको खर्च बाहेक बाहिर होटल तथा बस्ने खर्च समेत हुने भएकाले पीडितको उपचारका लागि सहयोगको याचना गरिएको हो ।
जापानस्थित फुकुओका इन्टरनेशनल अनिमेसन कलेजमा अध्ययनरत बुढाथोकीलाई अचानक शरीरमा रगत उत्पादन नहुने समस्याबाट देखिएपछि मोना जापान सहित नेपालीहरुको आर्थिक सहयोगमा फुकुओकास्थित हारा सानसिन हस्पिटलमा उपचार गरिएको थियो ।
जापानबाट भारतमा ल्याएको समेत ३ महिना बितिसकेको छ भने थप ३ महिना उपचारका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीलाई पीडितका आफन्तले सहयोग गर्न अपिल गर्नुभएको छ । बोनम्यारो ट्रान्सप्लान्ट गर्ने पर्ने भएकाले उक्त उपचारका लागि ३० देखि ४० लाख नेपाली रुपैयाँ लाग्छ भने पछि नियमित औषधी समेत सेवन गर्नुपर्छ ।
नेपालमा सहयोगको लागी
दिदि
निर्मला बुढाथोकी
प्रभु बैंक
–०७६०२८०२०३८०००११