---Advertisement---

माउण्ट एभरेष्टका आयुष सुबेदीले पुनर्योग गर्दा ४ जिपिए ल्याए

On: August 1, 2025 6:59 PM
Follow Us:

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ३.९७ जिपिए प्राप्त गरेका म्याग्दीका एक परीक्षार्थीले पुनर्योग गर्दा ४ जिपिए ल्याएका छन् । सदरमुकाम बेनी तथा महारानीथानमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविका आयुष सुबेदीले आफूले प्राप्त गरेको नतिजाप्रति सन्तुष्ट नभएपछि सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गई पुनर्योगको आवेदन दिएर सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन् ।


पर्वतको कुस्मा नगरपालिका वडा नं १ पाङ स्थायी घर भई बेनी नगरपालिका वडा नं ७ बैंकरोडमा बस्ने सुबेदीले कम्युटर विषयमा ३.६ ल्याएका थिए भने अन्य सबै विषयमा ४ जिपिए ल्याएको अवस्थामा राम्रो भएको विषयको नतिजा चित्त नबुझेपछि दिएको आवेदनबाट प्राप्त नतिजाले आफ्नो मेहनत अनुसारको नतिजा आएको बताए । उत्तरपुस्तिका पुनर्योग गर्ने क्रममा आफ्नो मेहनत अनुसारको नतिजा आएपछि अब लक्ष्य अनुसारको यात्रालाई सहज तथा आगामी नतिजाका लागि अझै मेहनत गर्ने बताए ।


विद्यालयका प्रिन्सिपल राजु केसीका अनुसार मेधावी विद्यार्थीको नतिजाबाट निराश रहेको अवस्थाम पुर्नयोगले विद्यार्थीको मेहनतलाई न्याय र विद्यालयको लक्ष्य प्राप्ती भएको बताए । ‘यसपटकको नतिजाबाट हामीले आगामी दिनका लागि उर्जा थपिएको छ, हामीले शैक्षिक र अतिरिक्त क्रियाकलापमा दिएको समयको फल देखिएको छ’ प्रिन्सिपल केसीले भने । विद्यालयबाट एसईईमा सहभागी अर्का विद्यार्थी अभियान सेन्चुरीले ३.९१ र जेशन कार्कीले ३.८९ र सुयत्ना शाक्यले ३.८० जिपिए ल्याएको विद्यालयका सहायक प्रिन्सिपल धुब्रसागर शर्माले बताए ।


विद्यालयबाट ५८ जना सहभागि भएकोमा १ जना बाहेक सबैले ३ जिपिए माथि ल्याएका छन् । विद्यालयले आगामी बर्ष पनि यही नतिजालाई निरन्तरता दिने गरी तयारीका साथ शैक्षिक गतिविधिका केन्द्रित भएको विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रमोद श्रेष्ठले बताए । शैक्षिक र अतिरिक्त क्रियाकलापमा विद्यालयलाई अब्बल बनाउन जिल्ला बाहिरबाट समेत विभिन्न तालिम तथा क्षमता विकास सहितका कार्यहरुमा संलग्न अनुभवी प्रशिक्षकलाई समेत ल्याउने गरिएको छ । यसपटकको नतिजामा न्यु वेष्ट पोइन्ट आवासीय माविकी छात्रा प्रकृति घर्ती क्षत्रीले समेत ४ जिपिए ल्याएकी थिइन् ।

Leave a Comment