म्याग्दीको प्रसिद्ध धार्मिक संस्था गलेश्वर शिवालय क्षेत्र विकास कोषको सदस्य सचिवमा सम्मरबहादुर थापा मनोनित हुनुभएको छ । बेनी नगरपालिका–९,स्थित गलेश्वरमा रहको क्षेत्र विकास कोषको ८ औं अधिवेशन तथा १९ औं कार्यकारी सभामा रिक्त रहेको सदस्य सचिवमा बेनपा–९ निवासी थापालाई नियुक्त गरिएको हो । अधिवेशनबाट माधबप्रसाद रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएपनि सदस्य सचिव पद करिब ४ महिना रिक्त रहेकोमा विधान अनुसार नियुक्ती गरिएको कोषले जनाएको छ ।
सदस्य सचिब थापा यसअगाडी बेनी सामुदायिक मावि ब्यवस्थापन समितिका अध्यक्ष, पर्वत खानेपानी उपभोक्ता संस्थाको कोषाध्यक्ष सहित स्थानीय विभिन्न संघसंस्थाको नेतृत्व तथा आवद्ध रहेका काम गर्नुभएको थियो । सदस्य सचिवमा मनोनित भएपछि थापाले कार्यसम्पादनलाई नमुना बनाउने तथा गलेश्वर क्षेत्रका लागि आफुँसँग भएका भिजनहरुलाई समेत कार्यान्वयनमा ल्याउने बताउनुभयो।

सोही अवसरमा वडा अध्यक्ष चक्रबहादुर केसीले धार्मिक तथा पर्यटकीय गन्तब्यको रुपमा स्थापित गलेश्वर मन्दिरमा आवश्यक पुर्वाधार विस्तार सहित भक्तजनलाई सहज हुने गरी नयाँ नयाँ योजना ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा कार्यसमितिका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो । काली गण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वकै अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ।