---Advertisement---

१२५ खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला

On: August 2, 2025 9:05 PM
Follow Us:

बागलुङमा बर्सेनी खानेपानीको मुहानमा दिशामा पाइने जिवाणु (कोलिफर्म) भेटिने गरेको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म फेला परेको हो । जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ ।

यस पालिकामा १०६ मुहानमा परीक्षण गर्दा ४२ मुहानमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार गलकोट नगरपालिकामा ९१ स्थानमा परीक्षण गरिकोमा ४० मुहानमा कोलिफर्म फेला परेको छ ।

बागलुङ नगरपालिकामा २४ वटा मुहान परीक्षण गर्दा चार, काठेखोला गाउँपालिकामा ४७ वटा मुहान परीक्षण गर्दा २७, बडिगाड गाउँपालिकामा ६८ स्थानमा परीक्षण गर्दा १० वटा मुहानमा कोलिफर्म फेला परेको छ ।

ढोरपाटन नगरपालिकामा पाँच वटामा परीक्षण गर्दा कुनै पनि मुहानमा कोलिफर्म देखिएको छैन । निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा भने महान परीक्षण गरिएको छैन । कोलिफर्म मिसिएको पानी पिउँदा झापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपटाइटिस बी, पिसाबको संक्रमण, रगतमा संक्रमणसँगै कडा खालका रोग लाग्ने जोखिम हुन्छ ।

सबैभन्दा बढी कोलिफर्म दिखिएको जैमिनी नगरपालिकाले पानीको मुहान सरसफाइ र संरक्षणमा लागेको छ । कोलिफर्म देखिएको मुहानलाई व्यवस्थित गरि आम नागरिकलाई पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न जनचेतना फैलाउन जरुरी छ ।

Leave a Comment