---Advertisement---

पूरा भयो विभागीय टोलीबाट बास्केटबल खेल्ने नुकेश जुग्जालीको चाहना

On: August 2, 2025 10:05 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका–१,भर्जुलाका नुकेश जुग्जाली विभागीय टिम त्रिभुवन आर्मी क्लब बास्केटबल टिममा अनुबन्धित भएका छन् । गाउँको आदर्श यूवा क्लवबाट बास्केटबल खेल्दै १६ बर्षको उमेरमा म्याग्दी जिल्ला बास्केटबल टिमबाट प्रदेशस्तरीय खेलमा सहभागि भएका जुग्जाली गण्डकी प्रदेश हुँदै विभागीय टिममा अनुबन्धन भएका हुन् ।


म्याग्दी सहित प्रदेश बास्केटबल संघ, नेपाल बास्केटबल संघ लगायत विविध स्थान र क्लबबाट ब्यवसायिक खेल खेलेका नुकेश १३ वर्ष देखि हाल २० वर्षको उमेरसम्म खेलेका खेलहरूमध्ये ५० भन्दा धेरै खेलमा बिजेता तथा उपबिजेता बन्न सफल भएका थिए । ब्यवसायीक खेलमा अब्बल भएपनि अवसरबाट बन्चित हुदै आएका नुकेश अब त्रिभुवन आर्मी क्लबको जर्सी नं. ७ बाट बास्केटबल प्रतियोगितामा मैदानमा देखिने दाई मनकुमार जुग्जालीले बेनीअनलाइनलाई बताउनुभयो ।

नुकेशले पछिल्लो समय राष्ट्रिय प्रतियोतिगामा समेत आफ्नो कलात्मक प्रस्तुतीले चर्चामा आएका थिए । दशरथ रंगशालामा नेपाल बास्केटबल संघद्वारा आयोजित अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा नेपाल राष्ट्रिय बास्केटबल टिमबाट खेलेका नुकेशले उत्कृष्ट खेल प्रर्दशन गरेका कारण ब्यवसायिक क्लवको रोजाईमा थिए । नेपाल बास्केटबल संघको आयोजनामा भएको यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा जुग्जाली सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए भने म्यान अफ दी म्याच, सर्वोत्कृष्ट, उदयीमान खेलाडी जस्ता अन्य विभिन्न खेलमा पुरस्कार समेत पाएका थिए ।


यु–१९ बास्केटबलमा उदयमान खेलाडीको रुपमा स्थापित भएका नुकेशको विभागीय टोलीमा प्रवेश गरी राष्ट्रिय टिमबाट देशका लागि खेल्ने रहर रहेको बताउदै आएका थिए । उनले विभागीय टोलीमा प्रवेश गरेमा तालिम सहितका सुविधाले खेलमा सुधार हुने र लक्ष्य प्राप्तीमा समेत सहज हुने बताउने गरेका थिए।

विभागीय टोलीमा प्रवेश गरेपछि भविस्यमा खेल उत्कृष्ट देखाउन सकेमा राष्ट्रिय टोलीबाट समेत खेल्ने अवसर नजिक रहेकाले अझै मेहनत गर्ने परिवार तथा शुभचिन्तकबाट समेत उर्जाको आवश्यकता रहेको छ ।

म्याग्दीमा फुटबल, भलिबलसँगै बास्केटबल निकै लोकप्रिय छ । स्थानीयस्तरमा यूवा क्लवले नै बास्केटबलका लागि पूर्वाधार बनाउने गरेका छन् । युवा पुस्तामाझ यति लोकप्रिय भइसक्दा पनि बास्केटबलको सहभागिता र उपलब्धिका बारेमा स्थानीयस्तरमा प्रतियोगिता सञ्चालन गर्ने संघसंस्थाले भलिबल र फुटबलजस्तै प्राथमिकता भने दिने गरेका छैनन् ।

Leave a Comment