म्याग्दीको धवलागिरी गाउँपालिका–२ लम्सुङमा अबिरल वर्षाका कारण एक घर भत्किएपछि परिवार विस्थापित छन् । गएरातीको बर्षाले स्थानीय जमलाल विकको घर भत्किएको र अर्को जोखिममा परेको छ ।भत्किएको घरबाट स्थानीयबासीले सामान निकालेर पीडित ७१ बर्षिय बृद्ध जमलाल र उनकी श्रीमतिलाई उद्धार गरिएको लम्सुङ माविका प्रअ शेरबहादुर विकले बेनीअनलाइनलाई बताउनुभयो ।
घर भत्किएपछि छिमेकीको घरमा आश्रय लिएर बसेको प्रअ बिकको भनाई छ । आर्थिक अवस्था न्यून रहेको विक परिवार विस्थापित भएपछि राहतको प्रतिक्षामा छन् । शनिबार साँझदेखिको अबिरल बर्षाका कारण जिल्लाभरको क्षतीको विवरण प्राप्त भएको छैन । जिल्लाभर बर्षाका कारण ग्रामिण सडकमा असर गरेको छ ।