म्याग्दीमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) को ग्रेडवृद्धि परीक्षाका लागि एक परीक्षा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीका अनुसार आउँदो साउन २९ गतेदेखि भदौ ६ गतेसम्म विहान ८ बजेदेखि सञ्चालन हुने एसइई ग्रेडवृद्धिका लागि बेनी सामुदायिक माध्यामिक विद्यालयलाई केन्द्र निर्धारण गरिएको हो ।
शिक्षा विकास समन्वय इकाई प्रमुख बिदुर शर्मा चापागाईले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार जिल्लामा कुल ५ सय २५ जना ग्रेडवृद्धि परीक्षामा सहभागि हुनुपर्नेमा ५ सय जनाले फारम भरेका छन् । ग्रेडवृद्धि परीक्षामा साधारण नियमिततर्फ ४८५ र प्राविधिक धारतर्फ १५ गरी कुल आठ सय जना परीक्षार्थीले सहभागिता जनाउने छन् ।
परीक्षमा सहभागि हुने सबैभन्दा धेरै गणित विषयमा ३ सय २०, अंग्रेजी ३ सय १,सामाजिक १ सय ३९ छन् । एकै विद्यार्थीले एकभन्दा बढी विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागि हुने धेरै छन् । परीक्षा केन्द्र तोकिएपछि थप तयारी सुरु गरिएको छ ।