---Advertisement---

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै, आज ५ बजे बोर्ड बैठक

On: August 4, 2025 3:36 PM
Follow Us:

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को नतिजा प्रकाशित गर्ने अन्तिम तयारीमा जुटेको छ । यसका लागि आज साँझ ५ बजे बोर्डको बैठक डाकिएको छ ।

सम्भवतः उक्त बैठकले नै नतिजा प्रकाशनको निर्णय गर्नसक्ने बताइएको छ । सकेसम्म आज नभए भोली मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड छ । आइतबार पनि बोर्डको बैठक बसेर सदस्यहरुलाई नतिजा प्रकाशनबारे ब्रिफिङ गरिएको थियो ।

गत वैशाखमा देशभर सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए । नियमिततर्फ ३ लाख ९५ हजार र आंशिक १ लाख १५ हजार परीक्षार्थी छन् । ५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको थियो । जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी पनि परीक्षामा सहभागी थिए । ७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजारले परीक्षा दिएका थिए । मनाङ र मुस्ताङमा १र १ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।  प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजा प्रकाशनमा ननग्रेडिङ हुने लेटर ग्रेडिङ निर्देशिका २०७८ ले व्यवस्था गरेको छ । गत वर्ष ५२ प्रतिशत विद्यार्थी कक्षा १२ मा ग्रेडिङ अर्थात उत्तीर्ण भएका थिए ।

Leave a Comment