यूकेमा बसोबास गर्ने रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम, दर्मिजाबासीको साझा संस्था म्याग्दी दग्नाम दर्मिजा समाज युकेको १७ औं बार्षिक उत्सव कार्यक्रमबाट त्री प्रसाद तिलिजाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

जन्मभुमी दग्नाम, दर्मिजामा शिक्षा, स्वास्थ्य,सामाजिक एवम् मानवीय सेवामा सक्रिय रहेको समाजको उपाध्यक्षमा नर बहादुर पाईजा,सचिव मिलन गर्बुजा,सह–सचिवमा ओम बहादुर गर्बुजा, कोषाध्यक्ष नेत्रमान गर्बुजा,सह–कोषाध्यक्ष चन्द्र थजाली, सांस्कृतिक संयोजकमा रिता थजाली,उमेश थजाली र सदस्यहरूमा तारा गर्बुजा, बिस्मती पुन,पमाया बुदिजा,बिष्णु कुमारि गर्बुजा, नन्दकली गर्बुजा, चिस कुमारी पुन,माया गर्बुजा मेख बुदिजा रहनुभएको छ।

बार्षिक उत्सवको उद्घाटन गदैं प्रमुख अथिति हिरा बहादुर गर्बुजाले जन्मभूमीमा कुनै समस्या पर्दा प्रवासमा रहेका दग्नाम, दर्मिजाबासीको योगदानको उच्च मुल्याकंन भएको बताउनुभयो। सन् २००८ मा टिका बहादुर गर्बुजाको अध्यक्षतामा स्थापना भएको समाजले गाउँका विद्यालयमा करार शिक्षक, आमा समुह, पुख्यौली नाच, आर्थिक अभावका कारण उपचारमा समस्या भोग्दै आएकाहरुलाई सहयोग सहित विभिन्न कार्यहरु गदैं आएको कोषाध्यक्ष नेत्रमान गर्बुजाले जानकारी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष तिलिजाले समाजमार्फत भइरहेका कार्यहरुलाई निरन्तरता दिदै आगामी दिनमा थप नयाँ कार्यक्रमहरु ल्याउने बताउनुभयो ।