---Advertisement---

निर्मला पन्तलाई न्याय कहिले ?

On: August 5, 2025 12:20 PM
Follow Us:


सपना रोका मगर
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–२, स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । यो घटना बि.स २०७५ साउनमा भएको थियो, जसले देशभर ठूलो आन्दोलन सिर्जना गरेको थियो। विसं २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते घरनजिकैको उखुबारीमा भेटिएको थियो। घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन मुलुकभर व्यापक विरोध प्रदर्शन भएका थिए। सरकारले घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो भने राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले पनि विभिन्न छुट्टाछुट्टै छानबिन समिति बनाएका थिए।


प्रहरीको सबैभन्दा बढी स्रोतसाधन यसै प्रकरणमा खर्च भए पनि हालसम्म कुनै ठोस उपलब्धि हात पार्न सकेको छैन । नेपाल सरकारको अनुसन्धानले निर्मला पन्तले जस्ता धेरैले न्याय पाउन सकेका छैनन् ।

नेपालमा निर्मला जस्ता धेरै बालबालिका, किशोरीह बलात्कार र हत्यामा संलग्नहरु अहिले पनि समाजमा खुलेआम हिडिरहेका छन् । निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दा म जस्ता धेरै किशोरीहरुलाई राज्यका निकायबाट दमनको सामाना गर्नुपरेको थियो ।

काठमाण्डौमा केन्द्रित आन्दोलनमा म सहित धेरै अधिकारकर्मीहरुलेनिर्मला पन्तलाई न्यायको माग गर्दै धर्नामा बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । निर्मलाजस्ता किशोरी दैनिक असुरक्षित हुदाँ नेपालको संविधानको धारा १६(१) ले सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको नेपाल सरकारले रक्षा गर्न सकेको छैन ।

म अहिले बेलायतमा छु यहाँ अपराध बढ्दै गएपछि सरकार सजग हुन्छ । किन अपराध बढ्यो, किन अपराधी पक्राउ हुन सकेन छलफल, विचार विमर्श, अध्ययन अनुसन्धान सुरु हुन्छ । सरकारले जनतासामु कुरा लुकाउँदैन । पारदर्शी ढंगले हामी कहाँ चुक्यौँ, अपराध बढेकै हो भन्छ । सुधारको कबुल गर्छ र सुधार पनि गर्छ ।


न्यायमा सहज पहुँचका लागि पीडितमैत्री काम हुने भएपनि नेपालमा भने निर्मला पन्तहरु धेरैले ज्यान गुमाएपनि न्याय र अपराधिको खोजीमै बषौं विताउनुपर्छ । पछिल्लो सात वर्षमा पाँच गृहमन्त्री फेरिए भने ६ जना प्रहरी महानिरीक्षक बदलिए । तर, न्यायको पर्खाइमा उभिएको निर्मलाको परिवार आस मार्दै छ ।

अहिलेका गृहमन्त्री रमेश लेखक निर्मलाकै निर्वाचन क्षेत्रका भएकाले अन्य गृहमन्त्रीभन्दा लेखकप्रति ठुलो अपेक्षा रहेको थियो । गृहमन्त्रीज्यूलाई हत्याकाण्डबारे पूरै थाहा छ । अब उहाँले निर्मलाको हत्यारा सार्वजनिक गर्ने आशामा म जस्ता धेरै छौ । े निर्मलाको स्मृतिमा दीप प्रज्वलन र प्रशासनमार्फत पुनः सरकारको ध्यानाकर्षण गराएका ६ बर्षसम्म हुन नसकेको काम अब पूर्णता राज्यका निकायले दिनुपर्छ ।


घटना भएको एक महिनापछि २०७५ भदौ ४ गते जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–१९ बागफाटाका दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। तर, अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै स्थानीय स्तरमा आन्दोलनले उग्र रूप लिएको थियो। पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए। राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले पनि विभिन्न छुट्टाछुट्टै छानबिन समिति बनाएपनि उपलब्धी अहिलेसम्म सुन्य छ ।

राज्यका निकायले सबैभन्दा बढी स्रोतसाधन यसै प्रकरणमा खर्च भए पनि हालसम्म कुनै ठोस उपलब्धि हात पार्न नसकेको अवस्थामा निर्मला पन्तका परिवार मात्रै होइन सिंगो नेपालभित्र रहेका बालबालिका, किशोरकिशोरी त्रासमा छन् । बलात्कारमा पीडित महत्वपूर्ण प्रमाण मानिन्छ । पीडितको योनि जाँच हुँदा डाक्टरबाट बलात्कार पुष्टि भएपछि झन्डै आधा प्रमाण पुग्छ । बलात्कार मुद्दामा पीडितको अस्पताल जाँच महत्वपूर्ण प्रमाण भएपनि पीडितले अनेक यातना भोग्नुपर्छ ।


कानुनी राज्य नागरिक अधिकार रक्षाको पहिलो आधार हो। आधारभूत नागरिकमाथि अन्यायका शृंखला बढ्न थाल्छन्। सरकारले चुटिरहेको गफले न निर्मलालाई न्याय प्रदान गर्न सकेको छ, बरु सामाजमा गैरन्यायिक क्रियाकलापमा बढोत्तरी भएको छ। राज्यले विभिन्न घटनाका अभियुक्तलाई संरक्षण गरिरहेको देख्दा लाग्छ– राज्य नै अन्यायको पक्षपोषण गरिरहेको छ।

सरकार र अदालतमाथिको जनताको अविश्वासलाई विश्वासमा रूपान्तरण गर्न, निर्मलाले पाउने न्यायले प्रमाणित गर्ने छ, आंगिरा पासी, अजित मिजार र नवराजको पुस्ताले पाउने न्यायले प्रमाणित गर्ने छ। होइन भने जनताले न्याय हत्याउनेविरुद्ध संघर्षको शंखघोष गर्नेछन्। निर्मलाको बलात्कारपछि हत्या भएको घटनापछि थुप्रै नेपाली बालिकाहरु बलात्कारपछि हत्याको शिकार भएको अवस्थामा अब गम्भीर भएर घटनाहरु नकेलाइँदा अपराधीले उन्मुक्ति पाउने अवस्थाको अन्त्य गर्नुपर्छ । ।

प्रहरीले आशा अझै मारेको छैन भन्ने तर परिवारले भने आशा मारिसकेको निर्मलाको न्यायको ढोका अब खोल्नुपर्छ । किशोरीलाई आत्मरक्षाका तालिमसँगै समाजमा अपराधिलाई कारवाहीका लागि सरकारी निकायलाई दबाबसँगै हामी नेपालीको समेत भूमिका ठूलो हुन्छ ।

म्याग्दी बरंजा घर भएकी लेखक रोका बिबिसी १०० महिलाको सूचीमा समेत परेकी थिइन् ।

Leave a Comment