---Advertisement---

हुलाक कार्यालयको माविस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगिता

On: August 5, 2025 12:53 PM
Follow Us:


जिल्ला हुलाक कार्यालय म्याग्दीले माध्यमिक विद्यालय स्तरीय चिठ्ठी÷पत्र लेखन प्रतियोगिता आयोजना गरेको छ । सूचना प्रविधिको उच्चतम प्रयोग भइरहेको वर्तमान परिवेशमा हुलाक सेवा झनै अत्यावश्यक भएकाले ‘हाम्रो म्याग्दी हुलाकलाई कसरी राम्रो हुलाक बनाउन सकिन्छ’ शिर्षकमा आगामी भदौ ५ गतेसम्म जिल्ला हुलाक कार्यालय,अतिरिक्त हुलाक कार्याल तथा पालिका हुलाक कार्यालयमा दर्ता गर्नुपर्ने कार्यालय प्रमुख रमेश थापाले बताउनुभयो ।‘हामीले प्रतियोगिताबाट आएको सूझावलाई समेत प्रयोग गरी सेवाहरु थप प्रभावकारी बनाउने छौ’ कार्यालय प्रमुख थापाले भन्नुभयो ।


प्रतियोगिताको उदेश्य आधुनिक सूचना प्रविधिको युगमा हुलाक सेवालाई विश्वसनीय बनाउने, विद्यार्थीहरुलाई हुलाक टिकट तथा चिठ्ठीको महत्व बुझाउन, चिठ्ठी लेखन सिप र सिर्जनशिलताको विकास गर्न रहेको छ । उत्कृष्ट चिठ्ठीपत्रलाई स्थानीय पत्रपत्रिका तथा अनलाइनमा प्रकाशन गरी विद्यार्थीलाई प्रोत्साहन गरिने छ ।

८ सय शब्दमा नेपाली भाषामा कक्षा ९–१२ सम्मका विद्यार्थीहरुले सहभागीता जनाउन पाउने छन् । प्रतियोगिले १० को हुलाक टिकट टाँसी हुलाक कार्यालय मार्फत हस्तलिखित चिठ्ठी पठाउनुपर्ने छ । प्रतियोगितामा प्रथम हुनेले ७५ सय, द्धितिय ४ हजार र तृतिय २५ सय रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

Leave a Comment