---Advertisement---

म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प

On: August 5, 2025 3:11 PM
Follow Us:

म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र अनुसार आज दिउँसो १ बजेर ३ मीनेट जाँदा म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र तथा खानी तथा भूगर्भ विभागका अनुसार यो भूकम्पको स्थानीय परिमाण (एमएल) ४.५ मापन गरिएको हो।

हालसम्म यस भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण आइनसकेको केन्द्रले जनाएको छ। तर भूकम्पको धक्का म्याग्दी तथा वरपरका जिल्लामा महसुस गरिएको जनाइएको छ। भुकम्पले गुर्जा स्वास्थ्य चौकीकाे भवन चर्किएको छ ।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

Leave a Comment