म्याग्दीका दुई विद्यार्थीले पोखराको प्रतिभा माविबाट कक्षा १२ को परीक्षामा राष्ट्रियस्तरमै सर्वोत्कृष्ट जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित २०८२ सालको परीक्षामा विज्ञान संकायका विद्यार्थी बेनी नगरपालिका–५ पुलाचौरका समिर सुबेदीले विज्ञान र बेनपा–६ तल्लो छापाका विजय शर्माले ब्यवस्थापन संकायमा ३.९६ जिपिए ल्याएका छन् । यो राष्ट्रियस्तरमै सर्वोत्कृष्ट जिपिए हो । सदरमुकाम बेनीको प्रकाश माविबाट एसइईमा समिरले ४ जिपिए ल्याएका थिए भने बेनी सामुदायिक माविबाट शर्माले ए ग्रेड ल्याएका थिए ।
प्रतिभा माविका प्रिन्सिपल किरण सापकोटाले ३.९६ जिपिए राष्ट्रि«यस्तरमै उत्कृष्ट भएको बताउँदै म्याग्दीबाट विज्ञान र ब्यवस्थापन संकायमा अध्ययनरत दुई विद्यार्थीले सवोत्कृष्ट नतिजा ल्याएको बताए । सवोत्कृष्ट नतिजा ल्याउन जिपिए ल्याउन सफल भएसंगै यतिबेला सामाजिक संजाल र भेटेरै विद्यार्थी र शिक्षकलाई बधाई तथा शुभकामना दिनेको ओइरो लागेको छ । प्रतिभा माविले सम्रग विद्यार्थीको नतिजामा विगतमा जस्तै उत्कृष्ट ल्याएको छ ।