बेनी नगरपालिका–८,कालिपुल बसपार्कको एक रेष्टुरेन्टबाट नक्कली नेपाली नोट सहित एक यूवा पक्राउ परेका छन् । कमला नगरपालिका–६,धनुषाका ३८ बर्षिय सुन्दर महराको साथबाट १ हजार र ५ सय रुपैयाँको नक्कली नोट बरामत भएको छ । म्याग्दीमा यसअगाडी पनि पटकपटक नक्कली नोट भेटिने गरेको थियो । नक्कली नोट पहिलोपटक नै बेनीबजारबासीले पहिचान गर्न नसकेको उदाहरण यसैसाता कालिपुलको एक रेन्टुरेन्टमा भेटिएको नोटबाट पुष्टी हुन्छ । मुस्ताङ हिडेका अभियुक्त महराले रेन्टुरेन्टमा खाना खाएर १ हजारको नक्कली नेपाली नोट दिएर मुस्ताङ पुगे ।
रेष्टुरेन्टले सामान खरिद गरेबापत एक जनालाई दिएको नोट नक्कली भन्दै फर्किएपछि प्रहरीलाई जानकारी गराइयो । प्रहरीले सिसी टिभी फुटेजमार्फत नक्कली नोट रेष्टुरेन्टमा दिनेको चालकको गाडी नम्बर सहित निगरानी गरी मुस्ताङबाट फर्किएपछि नियन्त्रणमा लियो ।

नक्कली नेपाली नोट
नक्कली वा सक्कली नोट सजिलै पत्ता लगाउन सकिने अवस्थामा एकदिनपछि मात्रै नक्कली नोटको कारोबार गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । एक हजार र पाँच सय रुपैयाँको नोट सक्कली हो कि नक्कली भनेर पत्ता सजिलो तरिकाले पत्ता लगायन सकिन्छ । राष्ट्र बैंकले बेलाबेलामा नक्कली र सक्कली नोट पत्ता लगाउने विधि समेत सिकाउने गर्दछ ।
एक हजारको नोट चिन्नको लागि पहिलो बुँदामा वाटर मार्क वा पानी छाप हेरेर पनि त्यो पत्ता लगाउन सकिन्छ। नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्चलाइट÷मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ।
उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटकोअग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठभाग (एक वटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ।
सुरक्षण धागोमा राष्ट्र बैंक र उक्त राष्ट्र बैंकको ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ। नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ। नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ।
उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ। नेपाल राष्ट्र बैंककोे संक्षिप्त रुप एनआरबीको केही अंश नोटको अग्रभागमा र बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ।
नोटको उक्त एनआरबी प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट एनआरबी देखिन्छ। उक्त एनआरबी अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ।
नोटको अग्र भागमा प्रिन्ट गरिएको “श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइनेछ।”, भगवतीको आकृति, फरक क्षमता भएका दृष्टिविहिनहरुका लागि राखिएका तीन वटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका इन्ट्यग्लियो विशेषताहरु हुन् । उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ। एजेन्सीको सहयोगमा