म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जापानको ९ औ महाधिवेशन अगष्ट १० तारिकमा टोकियोमा हुने भएको छ । जापानमा रहेका म्याग्देलीको साझा संस्था मोना जापानले ओकुबो सामुदायिक केन्द्र, शिन्जुकुमा हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष बिशाल केसीले बताउनुभयो । महाधिवेशनमा जापानमा विभिन्न सहरमा रहेका म्याग्देलीलाई उपस्थितीका लागि अनुरोध गरिएको छ ।
जापानका क्षेत्रीय समिति, म्याग्दीबाट जापनमा रहेका विभिन्न बस्ती तथा समाजमा आवद्ध म्याग्देली सहित नेपालीहरुको उपस्थितीमा हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ । जापानमा रहेका म्याग्देली बिचको एकता र सहकार्यलाई बलियो बनाउने अभियानमा रहेको मोना जापानले संस्थागत रुपमा विभिन्न कार्यक्रमसँगै जापानमा समस्यामा परेका म्याग्देलीलाई सहयोग तथा जिल्लामा समेत रचनात्मक कार्य गर्ने गरेको महासचिव सागर कार्कीले बताउनुभयो । महाधिवेशन विहान १० बजे सुरु हुने छ । यसैबीच सोही अवसरमा नयाँ सदस्यलाई स्वागत सहित विभिन्न एजेण्डमा समेत छलफल हुने मोना जापानले जनाएको छ ।