बेनी नगरपालीका वडा नं १० ओखलेका ३९ वर्षीय देबेन्द्र केसी सम्पर्कविहिन भएको १७ दिनपछि प्रहरीले पोखराबाट फेला पारी परिवारको जिम्मा लगाएको छ । गएको साउन ५ गतेदेखि बेनीबजारबाट सम्पर्कविहिन भएका केसीलाई प्रहरीले पोखरामा फेला पारी जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याएर परिवारको जिम्मा लगाएको श्रीमती दुर्गा केसीले बताउनुभयो ।
पोखराको रानीपौवा भन्ने ठाउँमा होटलमा काम गरेको अवस्थामा भेटिएको श्रीमति केसीको भनाई छ । मोबाइल हराएपछि परिवारसँग सम्र्पकविहिन भएको देबेन्द्रको भनाई उद्धित गदैं दुर्गाले बताउनुभयो । साउन ९ गते कालिपुल बसपार्क क्षेत्रमा देखेको प्रत्यक्षदर्शीले देखेका थिए ।
कालिपुलबाट बसमा पोखरा गएर सम्पर्कविहिन भएको अवस्थामा समाचारको माध्यमबाट हुलिया पहिचान भएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । बेपत्ता देबेन्द्रको खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीमा निवेदन दिएपछि खोजकार्य सुरु भएको थियो ।