---Advertisement---

म्याग्दी नदीमा बेपत्ता हुनुभएकी पोककी इन्द्रकली विकको खोजीकार्य जारी

On: August 8, 2025 6:09 PM
Follow Us:

म्याग्दी नदामा हाम फालेर बेपत्ता हुनुभएकी म्याग्दीको मंगला गाउँपालिका-५ अर्मन पोककी ३८ बर्षिय इन्द्रकली विकको खोजीकार्यमा शसस्त्र प्रहरी सहितको टोली परिचालन गरिएको छ ।

मंगलवार दिउँसो करिब साढे तीन बजे पोक स्थित म्याग्दी नदीमा हाम फालेको पुष्टी भएपछि इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमदास ढकाल सहितको नेपाल प्रहरी र शसस्त्र प्रहरी सहितको टोलीले बावियाचौरदेखि तातोपानीसम्मको क्षेत्रमा खोजीकार्य गरेपनि पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पोडेलले बेनीअनलाइनलाई बताउनुभयो।

म्याग्दी नदी आसपासका क्षेत्रमा खोजीकार्यसँगै शसस्त्र प्रहरीको गोताखोरको टोली समेत मगाइएको छ । उर्लिएको म्याग्दी नदीमा गोताखोरको टोलीलाई सम्भावित क्षेत्रमा आवश्यकता अनुसार परिचालन गरिने छ ।

बेपत्ता विकका आफन्तले दिएको जानकारी अनुसार घरबाट निस्कीएपछि खोला किनारबाट नदीमा हाम फालेपछि वुधवार नदीमा विकले प्रयोग गरेको सल फेला परेको छ । विकका श्रीमान र एक छोरा हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालयले म्याग्दी नदी आसपासका क्षेत्रमा अतै बेवारिसे शब भेटिएमा खबर गरिदिन अनुरोध गरिएको छ ।

यसैबीच घटनास्थलमा जिल्ला समन्वय समितिकी कार्यबाहक प्रमुख दिलकुमारी खत्री सहितको टोलीले समेत पुगेर खोजीकार्यमा कुनैकमी नराख्न सुरक्षा निकायलाई अनुरोध गर्नुभएको थियो ।

Leave a Comment