---Advertisement---

राष्ट्रिय फुटबल टिमको प्रारम्भीक छनौटमा परे म्याग्दीका दिवस छन्त्याल

By हरिकृष्ण गौतम
On: August 9, 2025 9:13 AM
Follow Us:

म्याग्दीका फुटबल खेलाडी दिवस छन्त्याल नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक छनोटको सूचीमा पर्नुभएको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकमा म्याट रोसले छनौट गरेको ३८ जना खेलाडीको सूचीमा म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं १ गूर्जाका छन्त्यालको नाम मिडफिल्डरमा छ ।

म्याग्दी जिल्लाका प्रतिभाशाली फुटबल खेलाडी छन्त्याललाई मुख्य प्रशिक्षक म्याट रोसले राष्ट्रिय टोलीको अन्तिम छनौट टिमका लागि रोजेको जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँले बेनीअनलाइनलाई बताउनुभयो ।


‘म्याग्दी जिल्लाको फुटबल इतिहासमा राष्ट्रि«य टोलीको छनौटमा पर्ने पहिलो खेलाडी बनेका छन्, हामीलाई आशा छ अब फुटबलमा पनि राष्ट्रि«य टिममा म्याग्देलीको प्रतिनिधित्व हुनेछ’ अध्यक्ष बानियाँले भन्नुभयो । सदरमुकाम बेनीस्थित बेनी आवासीय माविबाट एसइइ दिनुभएका छन्त्यालले खुलमटार क्लव र टोखा भगवती क्लवलाई बी डिभिजनबाट ए डिभिजनमा लैजान निकै राम्रो प्रर्दशन गरेकाले मुख्य प्रशिक्षक म्याट रोसको नजरमा पर्नुभएको थियो ।

राष्ट्रिय टिमको खेलाडी क्लवमा म्याग्दीको प्रतिनिधित्व हुनु जिल्लाको फुटबलका लागि निकै राम्रो अवसर भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । आगामी राष्ट्रिय टिमबाट खेल्ने प्रतियोगितामा ३८ जनाबाटै नेपाली राष्ट्रि«य टिमको घोषणा हुने छ ।

हरिकृष्ण गौतम

Leave a Comment