---Advertisement---

म्याग्दीका राहत शिक्षकले गरे सांसदको पुतला दहन

On: August 10, 2025 3:36 PM
Follow Us:

विद्यालय शिक्षा विधेयकले राहत शिक्षकको माग र विगतका सम्झौतामाथि धोका दिएको भन्दै म्याग्दीका राहत शिक्षकले सांसदको पुत्ला दहन गरेका छन् ।नेपाल राहत शिक्षक समिति म्याग्दीले बेनी नगरपालिका अगाडी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विद्यालय शिक्षा विधेयक का सम्बन्धमा गठित उपसमितिका संयोजक तथा सदस्यहरू २७ जनाको पुतला दहन गरिएको हो ।


समितिका म्याग्दी अध्यक्ष एवम् केन्द्रिय कार्यसमितिका उपसचिव देबराज शर्माको नेतृत्वमा शिक्षा विधेयकलाई‘कालो विधेयक’को संज्ञा दिदैं समिति सभापति अमरबहादुर खड्का सहित २७ जना सांसदको पुतला दहन गरिएको जिल्ला सचिव सचिन शाक्यले बताउनुभयो ।

प्रस्तावित विधेयकमा उल्लेख गरिएको ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धा राहत शिक्षकको व्यवस्थापन नभई विस्थापनको रणनीति भएकाले चरणबद्ध आन्दोलन सुरु भएको अध्यक्ष शर्माले बताउनुभयो । ‘हाम्रो शैक्षिक योगदानको समितिले अपमान गरेको छ, हामीलाई अपमानपुर्णक हटाउने कार्यको निरन्तर विरोध गछौं’ अध्यक्ष शर्माले भन्नुभयो ।

अध्यक्ष शर्माले नेपालकै सर्वोउत्कृष्ट विद्यालयको सूचीमा पर्ने बेनी सामुदायिक विद्यालयमा१० वटा राहत शिक्षक मध्ये उच्च मावि २, माविमा ५ जना र निमावीमा ३ जना रहेको बताउँदै हरेक विद्यालयमा राहत शिक्षकको योगदानले शैक्षिक नतिजा आएको बताउनुभयो।

विगतमा भएका सहमति र निर्णयअनुसार राहत शिक्षकलाई स्थायी गर्नुपर्ने भनिए पनि त्यसको उल्लंघन गर्दै विधेयकले राहत शिक्षकलाई द्वितीय श्रेणीको कर्मचारीझैँ व्यवहार गरेको नेपाल राहत शिक्षक समिति गण्डकी प्रदेशका महासचिव मदन सुबेदीले बताउनुभयो । म्याग्दीका राहत शिक्षकले केन्द्रिय कार्यक्रम अन्तरगत पेसागत काम त्यागेर सबै पालिकाहरूमा शिक्षक अनशनमा बस्ने र सामूहिक बहिष्कारका कार्यक्रमहरू लगायतका कार्यहरु गर्ने जनाएका छन् ।

Leave a Comment