---Advertisement---

मोना जापानको नयाँ कार्यसमिति चयन, अध्यक्षमा गणेश श्रेष्ठ

By हरिकृष्ण गौतम
On: August 10, 2025 10:03 PM
Follow Us:

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जापानको ९औ महाधिवेशनबाट अध्यक्षमा गणेशप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । जापानमा रहेका म्याग्देलीको साझा संस्था मोना जापानले ओकुबो सामुदायिक केन्द्र शिन्जुकुमा भएको महाविधेशनबाट बरिष्ठ उपाध्यक्षमा टिका बहादुर छन्त्याल,उपाध्यक्ष प्रकाश तुलाचन,महेन्द्र चोखाल, सागर कार्की,हिरा बुढाथोकी,पवित्रा पुन,धनमायाँ पूर्जा, रेखा केसी र क्षत्रीय उपाध्यक्ष उज्ज्वल बानियाँ रहनुभएको छ ।


त्यसैगरी समितिको महासचिवमा सुरेश पुन,सचिव गणेश बानियाँ,कोषाध्यक्ष ज्ञानेन्द्र कार्की,सह–कोषाध्यक्ष दिपक सुबेदी,क्षेत्रीय सचिव सुरेन्द्र सुनार,महिला संयोजक उषा हमाल, सांस्कृतिक संयोजक अविसारा पूर्जा, यूवा संयोजक गणेश छन्त्याल चयन हुनुभएको उपाध्यक्ष हिरा बुढाथोकीले बताउनुभयो ।

महाधिवेशनबाट सदस्यहरूमा विवेक खड्का,गणेश गिरी, प्रविण केसी,इश्वर सुबेदी, नवराज भण्डारी,नविन खत्री,सम्झना खड्का,गोकुल कार्की, सिजन शाही, भगवती क्षत्री, राजेन्द्र छन्त्याल र विनोद रेग्मीलाई चयन गरिएको छ।


महाधिवेशनको उद्घाटन गदैं म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रियका अध्यक्ष ददीवल खड्काले विश्वभर छरिएका म्याग्देलीलाई मोनाको सञ्जालमा आवद्ध हुन अनुरोध गर्नुभयो । प्रमुख अतिथि खड्काले मोनाको सञ्जाल विस्तारसँगै मोनामार्फत जन्मभूमीमा समेत निरन्तर काम भइरहेको बताउँदै मोना म्याग्देलीको पहिचान भएको बताउनुभयो ।

सोही अवसरमा जापानमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो । निर्वतनमा अध्यक्ष बिशाल केसीले आफ्नो कार्यकाल सफल बनाउन रचनात्म्क भूमिका खेल्ने सम्र्पूण म्याग्देलीलाई धन्यवाद दिनुभयो ।


अध्यक्ष केसीको कार्यकालमा मोना फेस्टिबल, आर्थिक उपचार सहित विभिन्न सामाजिक कार्यहरु भएका छन् । महाधिवेशनको अध्यक्षता निर्वतमान अध्यक्ष केसी, सञ्चालन तथा आर्थिक प्रतिवेदन महासचिव सागर कार्की, स्वागत गणेशप्रसाद श्रेष्ठ र आर्थिक प्रतिबेदन ज्ञानेन्द्र कार्कीले गर्नुभएको थियो ।

नवनिर्वाचत कार्यसमितिलाई निर्वाचित समितिका संयोजक दिपक कार्की,, उपसंयोजक राम खड्का र प्रेम पुनले सपथग्रहण सहित प्रमाणपत्र वितरण गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा पूराना कार्यक्रमहरुलाई निरन्तरतता दिदैं नयाँ योजनाहरुमा काम गर्ने बताउनुभयो ।

हरिकृष्ण गौतम

Leave a Comment