---Advertisement---

मोना हाउस बनाउन हरी राम्जालीले साढे ३ लाख सहयोग

On: August 11, 2025 9:20 AM
Follow Us:

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिका उपाध्यक्ष हरी राम्जालीले मोना हाउस बनाउन साढे लाख सहयोग गर्नुभएको छ ।

बेनी नगरपालिका वडा नं ७ मंगलाघाटमा बन्ने कार्यकारी समितिको केन्द्रिय कार्यालयका लागि मंगला गाउँपालिका वडा नं १ कुहुँ जन्मघर भई हाल अष्टेलियामा रहनुभएका सफल नेपाली ब्यवसायी राम्जालीले उक्त सहयोग गर्नुभएको मोना अन्तराष्ट्रि«यका कोषाध्यक्ष नरेन्द्र फगामीले बताउनुभयो । मोना हाउस बनाउन अभियानमा सुरुवातदेखि नै सक्रिय राम्जाली मोना अष्टे««लियाको पुर्व अध्यक्ष तथा सामाजिक संस्था तृप्ती फाउण्डेशनका संस्थापक समेत हुनुहुन्छ ।


मोना अन्तराष्ट्रियमा सन् २०१५ मा क्षेत्रीय उपाध्यक्षबाट प्रवेश गर्नुभएका राम्जाली दुई कार्यकाल सचिव, महासचिब हुदै हाल उपाध्यक्ष पद हुनुहुन्छ । मोना अध्यक्ष ददीवल खड््काले आफ्नो कार्यकालमा मोना हाउसका लागि जग्गा खरिद सहित संरचना बनाउने प्रतिबद्धता जनाए अनुसार हाल आर्थिक संकलनको कार्य भइरहेको छ । मोना हाउसको शिलन्यास आगामी असोजमा सदरमुकाम बेनीबजारमा हुने महाधिवेशनमा हुने जनाइएको छ ।

Leave a Comment