---Advertisement---

बेनी-जोमसोम, बेनी-दरबाङ सडक अवरुद्ध, यात्रुलाई सास्ती

On: August 11, 2025 10:49 AM
Follow Us:

लगातारको अबिरल बर्षासँगै गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडक खण्ड अवरुद्ध भएको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–२ वैसरीको सिरुवारी र अन्नपूर्ण गाउँपालिका–३ दानाको सुकेवगरमा गएको पहिरोले बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले बताउनुभयो ।


सडकखण्डमा अवरुद्ध भएसँगै हाल पैदलयात्रा गरी गन्तब्यमा जान समेत समस्या भएको छ । हाल बर्षाका कारण अवरुद्ध पन्छाउन समस्या भइरहेको छ । त्यस्तैे पश्चिम म्याग्दी जोड्ने बेनी–दरवाङ सडकको फापरखेत पहिरोले सडक अवरुद्ध भएको छ । दरबाङको बाङ्ग्रेपैरो पहिरा अवरुद्ध र बैकल्पिक मार्ग समेत जोखिम भएकाले यात्रुलाई समस्या भइरहेको छ ।

Leave a Comment