---Advertisement---

आजदेखि रातको समयमा बेनी–जोमसोम सडक बन्द

On: August 12, 2025 8:12 AM
Follow Us:

गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडक आज साँझदेखि रातको समयमा बन्द हुने छ । जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको बैठकले साउन २७ गते मंगलबार देखि लागु हुने गरी साँझ ६ बजेदेखि विहान ५ बजेसम्म मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकखण्ड अर्को सूचना जारी नहुदाँसम्म बन्द गर्ने निर्णय गरेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो ।


प्रजिअ ढकालले भन्नुभयो,’’मुस्ताङ प्रवेश गर्ने सवारीसाधनहरु सडक बन्द हुनुभन्दा अगाडी नै प्रवेश गर्नुपर्ने छ, म्याग्दी आउने पनि तोकिएको समयअगाडी नै आउनुपर्छ, रातीको समयमा बाढीपहिरोबाट जोखिम धेरै छ’ प्रजिअ ढकालले बेनीअनलाइनलाई भन्नुभयो । मुस्ताङ र म्याग्दीको सिमाना घाँसामा साँझ ६ बजे सडक बन्द हुन्छ । मुस्ताङ जाने सवारीसाधन साँझ ५ः३० बजेभित्र मुस्ताङको सिमानामा पुगिसक्नुपर्ने छ भने मुस्ताङबाट बेनी आउने सवारीसाधन बेलुकी ६ बजेभन्दाअघि नै छुट्नुपर्नेछ ।

Leave a Comment