म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिका उपाध्यक्ष ई नन्द गर्बुजाले मोना हाउस बनाउन १ लाख २१ हजार १ २१ सहयोग गर्नुभएको छ। बेनी नगरपालिका वडा नं ७ मंगलाघाटमा बन्ने कार्यकारी समितिको केन्द्रिय कार्यालयका लागि जग्गा खरिदका लागि धवलागिरी गाउँपालिका –६ मराङ जन्मघर भई हाल युएईमा इन्जिनियर पदमा कार्यरत गर्बुजाले उक्त सहयोग गर्नुभएको मोना अन्तराष्ट्रि«यका कोषाध्यक्ष नरेन्द्र फगामीले बताउनुभयो ।
मोना हाउस बनाउन अभियानमा सुरुवातदेखि नै सक्रिय गर्बुजा मोना कतारका पूर्व अध्यक्ष, मोना अन्तराष्ट्रि«यको प्रबक्ता, दुई कार्यकाल उपाध्यक्ष समेत हुनुभएको छ। मोना अध्यक्ष ददीवल खड््काले आफ्नो कार्यकालमा मोना हाउसका लागि जग्गा खरिद सहित संरचना बनाउने प्रतिबद्धता जनाए अनुसार हाल आर्थिक संकलनको कार्य भइरहेको छ । मोना हाउसको शिलन्यास आगामी असोजमा सदरमुकाम बेनीबजारमा हुने महाधिवेशनमा हुने जनाइएको छ ।