---Advertisement---

बोगटी मृत्यु प्रकरण: उच्च अदालतद्वारा जन्मकैदको फैसला

On: August 12, 2025 3:54 PM
Follow Us:

बेनी नगरपालिका वडा नम्बर–१ थाङ्ने (आनन्दबगर) घर भएका ४० वर्षीय व्यवसायी कृष्णबहादुर (सन्तोष) बोगटीको मृत्यु प्रकरणमा साथी एवं व्यावसायिक साझेदार किसान भनिने कृष्णबहादुर जिसीलाई उच्च अदालत पोखरा, बागलुङ इजलासले हत्यामा संलग्नता ठहर गर्दै सर्वस्वसहित जन्मकैद फैसला सुनाएको छ ।

जिल्ला अदालत म्याग्दीका तत्कालिन जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डितले गरेको इजलासले २०८१ साल असार ३१ गते गरेको फैसलालाई उल्टाउँदै उच्च अदालत बागलुङ इजलासले न्यायाधीस यज्ञ बहादुर राना मगर र खड्क बहादुर केसीको संयुक्त इजलासले जन्मकैदको फैसला सुनाएको मृतककी दिदी पवित्रा बोगटी केसीले बताइन् ।

Adv


‘जिल्ला अदालतको फैलास चित्त बुझेको थिएन, हामीलाई उच्च अदालतबाट न्याय मिलेको छ,न्यायलालको फैसलाले भाइको आत्माले शान्ति पाउने छ’ केसीले भनिन् । कर्तव्य ज्यान कसुरसम्बन्धी मुद्दामा जिल्ला अदालत म्याग्दीले अभियुक्त जिसीलाई ५ बर्ष कैद र ५० हजार जरिवाना फैसला र मृतकका परिवारलाई ३ लाख क्षतीपुर्ती भराउने फैसला भएको थियो ।

उच्च अदालत पोखरा, बागलुङ इजलासले बोगटीलाई कर्तब्य गरी मारेको पुष्टी भएको अवस्थामा प्रतिवादी जिसीलाई लापरवाहीपूर्वक घटेको घटनाको संज्ञा दिइएकाले जिल्लाको फैसला उल्टाएको उल्लेख छ। बि.स २०८० चैत ३० गते बिहान बेनी–बाग्लुङ सडकअन्तर्गत खबराको हुलाके डाँडास्थित भिरमा बोगटी मृत अवस्थामा फेला परेका थिए । बोगटीको मृत्यु शंकास्पद देखिएपछि आफन्तले २०८१ साल वैशाख १ गते नै जिसीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।


थाङ्ने (आनन्दबगर) स्थित कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ उत्खनन तथा स्थानीय खेल मैदान निर्माण समितिका पदाधिकारी रहेका बोगटी र घर्ती चैत ३० गते बोगटीको मोटरसाइकलमा रत्नेचौरमा पुगेका थिए । त्यहाँ मदिरा सेवनगरी मोटरसाइकलमा राति ९ बजे फर्केका बोगटी र घर्ती मध्य राति १२ बजे बेनीमा घर्ती एक्लै मोटरसाइकल लिएर आई बोगटीको पसलबाहिर पार्किङ गरी हिँडेको रत्नेचौर र बेनीमा भएको सीसीटीभीमा देखिएको थियो । रत्नेचौरको एक होटलमा रहेको सीसीटिभी फुटेज, रत्नेचौर–बेनीको सडक दूरी र समयावधि तथा बेनीको नगरपालिका अगाडि रहेको सीसी क्यामेरा फुटेज हेर्दा बोगटी मृत्यु योजनाबद्ध रहेको प्रहरीले नै पुष्टी गरेको थियो ।

घटना नियोजित नै देखिन्छ
रत्नेचौरबाट मदिरा सेवनगरी मोटरसाइकलमा राति ९ बजे फर्केका बोगटी र जिसी मध्य राति १२ बजे बेनीमा जिसी एक्लै मोटरसाइकल लिएर आई बोगटीको पसलबाहिर पार्किङ गरी हिँडेको रत्नेचौर र बेनीमा भएको सीसीटीभीमा देखिएको थियो।

एउटै मोटरसाइकलमा बेनी फर्किदै गरेको अवस्थामा मोटरसाइकल घरमा ल्याउँदा परिवारका सदस्यलाई विहान मात्रै जानकारी दिनु, विहान पसल खुलेपछि मृतक र अनुसन्धानमा तानिएका साथीको साझेदारी ब्यवसायमा संलग्न डोजरका चालक पसलमा जानु, झगडा भएको बयान दिनु, रातको समयमा घटनास्थल आसपासमा एउटा स्कुटर देखिनु, रातो पल्सर बेनीतिर फर्किनुपर्नेमा रत्नेचौरतिर फर्किएको अवस्थामा पैदलयात्रीले देख्नु, सम्पर्कविहिन भएपछि रातीको समयमा खोजीकार्यमा सक्रिय नहुनु, विहान मृतकको शब भेटिएपछि परिवारलाई पहिलोपटक जानकारी दिनु, खोजीकार्यमा ढिलाई हुनु जस्ता गतिविधि भएको भन्दै घटनालाई शंकास्पद देखिएको थियो।


रत्नेचौरको एक होटलमा रहेको सीसीटिभी फुटेज, रत्नेचौर–बेनीको सडक दूरी र समयावधि तथा बेनीको नगरपालिका अगाडि रहेको सीसी क्यामेरा फुटेज हेर्दा बोगटी मृत्यु प्रकरणलाई रहस्यमय थियो।

Leave a Comment