---Advertisement---

माल्टामा सडक दुर्घटनामा पुनको निधन

On: August 12, 2025 4:57 PM
Follow Us:


रोजगारीको सिलसिलामा माल्टा जानुभएका म्याग्दी रघुगंगा गाउँपालिका–५ झी खिम बहादुर पुनको सडक दुर्घटनामा निधन भएको छ । १० अगष्ट विहान करिब साढे ५ बजे काममा जाँने क्रममा पुन सवार स्कुटरलाई १७ वर्षिया युवकले चलाएको कारले ठक्कर दिदाँ घटनास्थलमै ज्यान गएको मगर समाज माल्टाका महासचिव भरत पाईजाले बताउनुभयो ।

विगत ३ वर्षदेखि फुड डेलिभरीको काम गर्नुहुने पुनको शब आवश्यक प्रक्रिया पूरा भएकाले शुक्रबारसम्म नेपाल पुग्ने महासचिव पाइजाको भनाई छ । मृतक पुनको माल्टास्थित माटर देई अस्पतालको मोर्चुरीमा गैर आवासीय नेपाली संघ एनआरएनए माल्टा सहित नेपाली संघसंस्थाले अन्तिम बिदाइ कार्यक्रम गरेका थिए ।

मृतक पुनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवार तथा समुदायप्रति समवेदना प्रकट गरेका छन्। साथै, अन्तिम बिदाइ तथा पार्थिव शरीर नेपाल पठाउने कार्यमा सहयोग गर्नेहरुलाई त्यहाँ रहेका म्याग्देलीले समेत धन्यवाद ज्ञापन गरेका छन् । मृतक पुनको घरमा आमाबुबा, २ छोरा १ छोरी रहेका छन् । छोराछोरीको शिक्षादीक्षाका लागि गो फन्डबाट आर्थिक संकलनको कार्य समेत भइरहेको छ । माल्टामा क्रियाशिल संघसंस्थाहरुले सहयोग संकलनमा सक्रियता देखाएका छन

Leave a Comment