---Advertisement---

स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन, पीडित परिवारले निस्पक्ष छानविको माग

On: August 12, 2025 5:38 PM
Follow Us:

बेनी नगरपालिका-८, बसपार्कमा रात्रीकालिन संयुक्त चेकिङ स्कुटर चालक घाईते भएको घटना छानबिन गर्न जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलको संयोजकत्वमा उपसमिति गठन भएको छ ।

साउन २४ गते राती ८ः४० बजेको समयमा गलेश्वर देखी बेनीबजार तर्फ आउँदै गरेको ग १७ प ८२५७ नम्बरको स्कुटर चालक बेनी नगरपालिका–४सिंगा तातोपानीका २५ बर्षिय दिनेश मिजारको आँखामा चोट लागेको थियो ।

चेकजाँचको लागि रोक्ने क्रममा स्कुटर चालक मिजारलाई प्रहरीले हातमा रहेको चेकिङ वोर्ड आँखामा चोट लागेको प्रहरीद्धारा जारी प्रेस नोटमा उल्लेख छ ।

चेकजाँचको क्रममा घाईते भएका मिजारको तत्कालै बेनी अस्पतालमा सामान्यउपचार पश्चात थप उपचारको लागी पोखरा स्थित हिमालय आँखा अस्पताल घारेपाटनमा लगिएको थियो । पोखराबाट थप उपचारका लागि टिचिङ अस्पताल काठमाण्डौमा लगी आँखाको उपचार गरिएको छ । घाईते स्कुटर चालक मिजार मंगलबार डिस्र्चाज भएर फलोअफका लागि एक सातापछि बोलाएको छ।


मापासे गरेर गलत दिशाबाट आएको स्कुटर रोक्न खोज्दा चेकिङ वोर्ड आँखामा चोट लागेको प्रहरीको दाबी छ भने पीडित मिजारका बुबा दिलबहादुर सार्कीले घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारवाहीको माग गर्नुभएको छ । ’छोराको आँखाको उपचार भएको छ, घटना कसरी घट्यो सत्यतथ्य हामीलाई जानकारी गराइदिनुहोस्‘ बुबा दिलबहादुरले भन्नुभयो ।

आँखाका चोट लागेपछि शल्यक्रिया गरिएको छ । घाईते मिजारको उपचारसँगै उपसमितिले सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गरेपछि दोषी देखिएमा कारबाही गरिने प्रहरी नायब उपरीक्षक सुर्य थापाले बताउनुभयो ।

घटनाका बारेमा घाईते मिजारका बुबा दिलबहादुर वडा अध्यक्ष अणबहादुर खड्काले प्रहरी नायव उपरीक्षक निस्पक्ष छानविन तथा उपचारमा कुनैपनि कमी हुन नदिन अनुरोध गर्नुभएको थियो ।

यसैबीच बेनीअनलाइनले प्राप्त गरेको १ मिनेट १० सेकेण्डको सिसीक्यामेरा फुटेजमा ट्राफिक प्रहरी चौकीबाट चेकिङको लागि प्रहरीको टोली जादै गरेको र उताबाट स्कुटर आएको देखिन्छ । उक्त स्कुटर रोक्न खोजेको अवस्थामा अगाडी बढेको छ भने केही अगाडी आएर रोकिएपछि ट्राफिक प्रहरी कुदेर आउँदा अन्य सर्वसाधारण र एउटा ट्याक्सी समेत आउँछ।

Leave a Comment